मल्ल राजाको कोटको इतिहास हराउँदै
डडेल्धुरा- तेह्रौ शताब्दीमा राजा नागी मल्लद्वारा डोटी राज्य सञ्चालनका लागि निर्माण गरिएको अजयमेरुकोटको इतिहास मेटिने खतरामा पुगेको छ ।
गृष्मकालीन मौसममा बस्नका लागि निर्माण भएको कोट संरक्षणका अभावमा जीर्ण बन्नुका साथै संरचनासमेत मेटिदै गइरहेको अजयमेरुकोटको अवलोकनमा निस्कने अवलोकनकर्ता बताउँछन् ।
मल्ल राजाको दरबर, रानीले रानीताल नुहाउन जाने गुफा, घोडाराख्ने तवेला, नौला, देवलको संरचना केही हराइसकेका र केही जीर्ण अवस्थामा रहेका स्थानीयवासीको भनाइ छ ।
पुराना कलाशैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको इतिहास मेटिँदै गइरहेको छ ।
यस भेगकै शक्तिशाली राजाका रुपमा रहेका राजा नाग मल्लले राज्य सञ्चालन गर्नका लागि निर्माण भएको कोट पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण स्थलको रुपमा रहेको स्थानीय शिक्षक हीरा सेटी बताउनुहुन्छ ।
आफूले पर्यटकलाई आकर्षण गर्नका लागि होमस्टे सञ्चालनमा ल्याएको भए तापनि मुख्य आकर्षण नै ओझेलमा रहेको उहाँले गुनासो गर्नुभयो ।
यस कोटभित्र रहेको गुफा, रानीले नुहाउने पोखरी, प्राचीनशैलिका नौला, देवललाई मात्र उही आकारमा निर्माण गर्न सक्ने हो भने आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्ने स्थानीय बासिन्दा बताउँछन् ।
डडेल्धुरा जिल्लाको अजयमेरु गाविसस्थित अजयमेरु कोटको संरक्षण तथा सम्बद्र्धन हुन नसक्दा एकहजार ३०० वर्ष पुरानो इतिहास मेटिने अवस्थामा पुगेको हो ।
आठाँै शताब्दीमा निर्माण गरेको ऐतिहासिक दरबारको हाल भग्नावशेष मात्रै रहेको छ, भने उक्त क्षेत्रमा रहेका देवल जीर्ण भइसकेका छन् । जीर्ण बनेका भवनबाट १० आँैं फिट लामा ढुङ्गाको मूर्ति चोरी हुन थालेको छ ।
पुरातत्व विभागले राष्ट्रिय सम्पदा सूचीमा राख्नका लागि पहल गरिरहेको जनाए पनि अजयमेरुकोटमा रहेका ऐतिहासिक र कलात्मक मूर्ति चोरी भइसकेका छन्् ।
कोटक्षेत्रमा रहेका अधिकांंस देवल पूर्णरुपमा नष्ट भइसकेका छन् । नेपाल सरकारबाट आवश्यक बजेट नआई थोरै आउने र त्यो पनि उद्देश्यअनुसार काम नहुँने गरेको स्थानीवासीले आरोप लगाएका छन् ।
संरक्षण र सम्बद्र्धन हुन नसक्दा कोट क्षेत्रमा रहेको गुफासमेत बन्द भइसकेको छ । कोटक्षेत्रमा रहेका ऐतिहासिक पानीका नाला जीर्ण छन् । जमिन अतिक्रमण गरेर खेती गर्नाले कोटले चर्चेको भूभाग साँगुरिदै गएको छ ।
तत्कालीन राजाले यहीबाट नै डोटी राज्य व्यवस्था सञ्चालन गर्दै आएको भन्ने किम्बदन्ती स्थानीयस्तरमा रहेको पाइन्छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण