विश्वको आधा स्रोत र सम्पत्ति ६२ व्यक्तिको कब्जामा
पेरिस – विश्वमा रहेका धनी र गरिब व्यक्तिहरुबारे हालै प्रकाशित एक रिर्पोटका अनुसार विश्वको आधा सम्पत्ति र स्रोतमाथि ६२ व्यक्तिको कब्जा रहेको छ । अक्सफेम इन्टर नेसनेलले जारी गरेको ‘एन इकोनोमी फर द १ ’ नामक उक्त रिर्पोटमा उक्त दाबी गरिएको हो । मंगलबारदेखि स्वीटजरल्याण्डमा शुरु हुन लागेको वल्र्ड इकोनोमी फोरमको बैठकको ठीक अघि यो रिपोर्ट सार्वजनिक गरिएको हो । बैठक जनवारी २३ सम्म चल्नेछ । यसमा विश्वका ४० शक्तिशाली राष्ट्रका नेताहरु सामेल हुनेछन् ।
नयाँ रिपोर्टका अनुसार विश्वको ठूलो समुदाय स्रोत र सम्पत्तिको कमीको समस्या खेपिरहेका छन् । अर्को तर्फ ६२ जना व्यक्तिसँग सम्पत्ति र स्रोत भरमार रहेको छ । विश्वको १ प्रतिशत धनीसँग बाँकी ९९ प्रतिशत जनतभन्दा बढी सम्पत्ति रहेको छ । सन् २०१०मा गरिब जनताको सम्पत्तिमा ४१ प्रतिशत अर्थात् १० खर्ब अमेरिकी डलरले कमी आयो । जबकी सोही समयमा धनीहरुको सम्पत्तिमा भने १७.६ खर्ब डलरले बढ्यो । यस रिपोर्टका अनुसार विश्वब्यापीरुपमा पछिल्लो एक वर्षमा धनी र गरिबबीचको खाडल बढ्दै गइरहेको छ । सन् २०११ मा विश्वभरका ३ सय ८८ धनीले विश्वको आधा स्रोतमाथि कब्जा जमाएका थिए भने सन् २०१४ मा यो आंकडा ८० मा झर्यो । सन् २०१५ मा यो संख्या झन् घटेर ६२ मा पुगेको छ ।
रिपोर्टमा धनीको संख्या बढेसँगै गरिबको संख्यामा पनि कमी आएको उल्लेख गरेको छ । सन् १९९० देखि २०१० सम्ममा अत्याधिक गरिबको संख्यामा ५० प्रतिशतले कमी आएको छ । विश्वको १० प्रतिशत जनता जो सबैभन्दा गरिब छन्, उनीहरुको प्रतिवर्ष आम्दानीमा ३ डलरले बृद्धि भएको छ । अक्सफेमका चिफ मार्क गोल्डरिंगका अनुसार विश्वमा अहिले हरेक ९ जनामा एक जना व्यक्ति राती भोकै सुत्न बाध्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण