अन्तरिक्षमा फुल्यो पहिलो फूल, अब टमाटर उमार्ने तयारी
सोमबार, ०४ माघ २०७२, १४ : ३४
वासिंटन – वैज्ञानिकहरुले पहिलो पटक पृथ्वीभन्दा बाहिर अन्तरिक्षमा फूल फुलाउन सफल भएका छन् । इन्टरनेसनल स्पेस सेन्टरको ल्याबमा पहिलो बटक एडिबल जिनिया नामको फूल फुलाइएको हो । स्पेस सेन्टरमा रहेका एस्ट्रोनट स्कट केलीले उक्त फूलको तस्विर ट्वीट गर्दै सो कुराको जानकारी दिए । भविष्यमा मंगल ग्रहमा बस्ती बसाउने योजनाका लागि यो सफलतासँगै निकै महत्वपूर्ण मानिएको छ ।
First ever flower grown in space makes its debut! #SpaceFlower #zinnia #YearInSpace pic.twitter.com/2uGYvwtLKr
— Scott Kelly (@StationCDRKelly) January 16, 2016
एक समय एडिबल जिनियाको यो फूल सुक्न पनि लागेको थियो । फूलको भित्र रहेको पानी पातबाट बाहिर निस्केपछि पात खुम्चिन थालेको थियो । कुनै पनि फूल नष्ट हुने यो पहिलो संकेत हो । तर, यसलाई बचाउन वैज्ञानिहरुले पंखाबाट हावा दिएका थिए । उनीहरुको यो प्रयास सफल भयो र उक्त फूल फुल्न सफल भएको छ ।
ल्याबमा फुलाइएको यो फूल सलादको रुपमा खाने गरिन्छ । यद्यपि, यो फूललाई सपार्न भने निकै कठिन रहेको छ । किनभने यो प्रकाश र वातावरणप्रति निकै संवदेनशील हुनेगर्छ । यसलाई फुल्न ६० देखि ८० दिन लाग्छ ।
फूलको सफलतापछि अब अन्तरिक्षमा टमाटर उमार्ने तयारी गरिएको छ । यसअघि अन्य सब्जीहरु पनि अन्तरिक्षमा उमार्ने तयारी भइरहेको छ ।
अन्तरिक्ष यात्रीहरुलाई ताजा सम्जीहरु मिलोस् भनेर स्पेस स्टेनमा भेजी ल्याब तयार गरिएको छ । त्यहाँ अहिले सलादका लागि मिल्दो सब्जीहरु उमारिरहेको छ ।
यसरी उमारिन्छ सब्जी
सबैभन्दा पहिले माटो र मल मिसाइएको रुट म्याटमा खाद्य वस्तुको बिउ राखिन्छ । त्यसमा आवश्यक पानी राखेर भेजी ल्याबमा राखिन्छ । त्यसमा रातो, हरियो र निलो एलइडी लाइटको मद्दतले बिउ र बोटमा आवश्यक प्रकाश दिइन्छ । त्यहाँ कृत्रिम रुपमा तापक्रम पनि मिलाइन्छ । त्यहाँ पंखाको माध्यमले हावा पनि दिइन्छ । विरुवाको हरेक दिन ख्याल राखिन्छ । जब बिरुवा उम्रन्छ, आवश्यक भाग काटेर म्याटमा फेरि अर्को बिउ हालिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण