सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाङ्गलो बेकरीमा सिलबन्दी : बासी केकले खुलायो अनुज्ञापत्र नलिएको तथ्य

सोमबार, ०४ माघ २०७२, १९ : ०६
सोमबार, ०४ माघ २०७२

काठमाडौं – नाङ्गलो बेकरी प्रालिको सानेपा शाखामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिलबन्दी गरेको छ । विभागको बबरमहलस्थित टोलीले निरक्षण गर्ने क्रममा बेकरीको सानेपा शाखाले अनुज्ञापत्र नलिएको खुलेपछि सिलबन्दी गरिएको हो । नयाँ बानेश्वरस्थित दि बेकरी क्याफे बाट खरिद गरेको केक खाएर बान्ता भएको भन्ने उपभोक्ताको उजुरीको आधारमा विभागको टोली निरक्षण गर्न पुगेको थियो । निरक्षणका क्रममा नाङलो बेकरी प्रा.लि., सानेपाबाट दैनिक रुपमा केक खरिद गर्ने र बिक्री नभएको अर्को दिन फिर्ता गर्ने गरेको जवाफ बेकरी क्याफेका कर्मचारीहरुले दिएका थिए । तर सो को अभिलेख प्रमाण क्याफेले पेश गर्न भने त्यहाँका कर्मचारीले सकेनन् । अनुसन्धानबाट उक्त केक नाङलो बेकरी प्रा.लि. ठैवको शाखाको रुपमा सानेपा स्थित केक पेस्ट्रि उत्पादन गर्ने कारखानाबाट उत्पादन भएको र उक्त उत्पादन स्थलले अनुज्ञापत्र नलिएको खुलेको थियो । त्यहाँबाट संकलित केकको नमुनाको विश्लेषण प्रतिवेदनले हाइजिनिक अवस्था समेत सन्तोषजनक नरहेको पाइएको छ । नाङलो बेकरी प्रा.लि. ठैवले अनुज्ञापत्र लिएको तर खाद्य नियमावली २०२७ को नियम ३० अनुसार छुट्टै उत्पादन स्थानले समेत अनिवार्य अनुज्ञापत्र लिनुपर्ने व्यवस्था भएकोमा नाङलो बेकरी प्रा.लि., सानेपाको नाममा अनुज्ञापत्र नभएको पाइएको छ । साथै हाइजिनिक अवस्था समेत सन्तोषजनक नपाइएकोले नाङलो बेकरी प्रा.लि.को सानेपा स्थित उक्त केक पेस्ट्रि उत्पादन स्थलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय, ललितपुर समेतको अनुगमन टोलीले सोमबार सिलबन्दी गरी कार्वाही अगाडि बढाएको विभागका प्रवक्ता पूर्ण चन्द्र वस्तीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप