सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकार ढाल्ने खेलमा कांग्रेस छैनः गगन थापा

सोमबार, ०४ माघ २०७२, १९ : २२
सोमबार, ०४ माघ २०७२

प्युठान–नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले काँग्रेस वर्तमान सरकार ढाल्ने खेलमा नभएको बताएका छन् ।

पार्टीको १३ औँ महाधिवेशनलाई केन्द्रित गर्दै जिल्ला दौडाहामा रहेका थापाले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उनले काँग्रेस आफ्नो महाधिवेशन, मधेस आन्दोलनको समाधान र आफ्नो नेतृत्वमा जारी गरेको संविधान कार्यान्वयमा ध्यान केन्द्रित गरेकाले सरकार ढाल्ने वा बनाउने खेलमा नलाग्ने बताए ।

पार्टीको निर्णायक तहमा युवा पदाधिकारीको भूमिका आवश्यक छ भन्दै नेता थापाले काँग्रेसको महामन्त्रीमा युवाहरुले उम्मेदवारी दिने बताए ।

अर्का केन्द्रीय सदस्य प्रदिप पौडेलले पार्टीभित्र यस पटक युवाहरुले सशक्त भूमिका खोजेकाले युवा एक भएर लाग्ने बताए । सांसद उषा गुरुङले महिला सहभागिताको क्षेत्रमा पार्टीले मुद्दा उठाउने गरे पनि त्यसको कार्यान्वयन खासै नभएको भन्दै यस पटक गाउँ, जिल्लामा ४० प्रतिशत र केन्द्रमा महिलाले ३५ प्रतिशतको उपस्थिति अनिवार्य हुने गरी दबाब दिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप