सल्लाहकार र सहयोगी कानुनविपरीत भन्दै सर्वोच्चमा रिट
काठमाडौँ– प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरुले कानुनविपरीत सल्लाहकार तथा सहयोगी नराख्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा आज एक रिट निवेदन दायर भएको छ ।
अधिवक्ताद्वय कल्पित पराजुली र आनन्द कोइरालाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाइ दायर गरेको रिट निवेदनमा सरकारमा रहेका बेलामा कानुनविपरीत जथाभावी सल्लाहकार, सहयोगी राखेको उल्लेख छ ।
प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीका सल्लाहकार, सहयोगीको योग्यता, काम, कर्तव्य र अधिकार के हुने, उनीहरुले के कस्तो तलब सुविधा पाउनेलगायतका विषयमा स्पष्ट र पर्याप्त कानुनी व्यवस्था नभएकाले राज्यकोषको दुरुपयोग हुनेमात्र नभई सरकारप्रतिको जनविश्वास पनि घट्दै गएको रिट निवेदनमा उल्लेख छ ।
नेपालको संविधान–२०७२ ले प्रस्तावनामा नै कानुनी राज्यको परिकल्पना गर्दै कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद प्रतिबद्ध रही समृद्ध राष्ट्रनिर्माण गर्ने भनी उल्लेख गरिएको छ तर कानुन अभाव भएको मौकामा मनलाग्दी सहयोगी र सल्लाहकारका नाममा राज्यकोषको दुरुपयोग गरिरहेको रिट निवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण