सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कालोबजारी गर्न राखिएका ६७ थान ग्यास सिलिन्डरसहित पक्राउ

सोमबार, ०४ माघ २०७२, २२ : ४७
सोमबार, ०४ माघ २०७२

इनरुवा - सुनसरीको रामधुनी भासी नगरपालिकाबाट कालोबजारी गर्ने एक जनालाई सुनसरी प्रहरीले आज पक्राउ गरेको छ । रामधुनीभासी नगरपालिका–४ मा रहेको गङ्गा ट्रेडर्समा रु तीन हजार ७०० पर्ने ग्यास सिलिन्डरको कालोबजारी गरेर रु छ हजार लिई बिक्रीवितरण गरिरहेका ट्रेर्डसका मेनेजर टङ्क कोइरालालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले कोइरालासँगै गङ्गा ट्रेडर्समा कालोबजारी गर्नका लागि राखिएका ६७ थान विभिन्न कम्पनीको ग्यास सिलिन्डर समेत बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो । कालोबजारी गरिरहेको गोप्य सूचनाका आधारमा कोइराला सहित ६७ थान सिलिन्डर बरामद गरिएको प्रहरी उपरीक्षक पोख्रेलले बताउनुभयो । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप