सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यौनधन्दामा संलग्न गेस्ट हाउस सञ्चालकसहित तीन जना पक्राउ

मङ्गलबार, ०५ माघ २०७२, १० : १४
मङ्गलबार, ०५ माघ २०७२

मोरङ -  यौनधन्दामा संलग्न गेस्ट हाउस सञ्चालकसहित तीन जनालाई प्रहरीले विराटनगर– १४ को हिमाञ्चल गेस्ट हाउसबाट पक्राउ गरेको छ ।

सोमबार साँझ वडा प्रहरी कार्यालयले गेस्ट हाउस सञ्चालक झापाको सुरुङ्गाकी ३८ वर्षीया गीता पाठकसहित तीन जनालाई पक्राउ गरेको हो ।

गेस्ट हाउसमा अवैध क्रियाकलाप हुने गरेको सूचनाका आधारमा चेक गर्न पुगेको प्रहरी टोलीलाई गेस्ट हाउसमा कोही पनि नभएको भन्दै सञ्चालक पाठकले खाली ‘लगसिट’ देखाएका थिए ।

प्रहरीले उनको भनाइमा सत्यता नभएको भन्दै चेक गर्दा एक जोडीलाई रङ्गेहात फेला पारेको थियो । पक्राउ गरिएका तीन जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप