एमाओवादीको प्रादेशिक संरचनाअनुसार समिति
चितवन - एकीकृत नेकपा माओवादी चितवनले प्रदेशिक संरचनाअनुसार साङ्गठनिक रुपमा कार्यभार दिँदै जिल्ला समितिलाई पूर्णता दिएको छ । विगत लामो समयदेखि रिक्त रहेको जिल्ला पार्टीमा चारमहिने कार्ययोजनासहित यस्तो जिम्मेवारी तोकिएको हो ।
एमाओवादीका ३ नं प्रदेश इन्चार्ज लीलामणि पोखरेल र प्रदेश सचिव नारायण दाहालको उपस्थितिमा सोमबार साँझ सम्पन्न दुईदिने बैठकले जिल्ला समितिमा विभिन्न जिम्मेवारी दिएपछि जिल्ला समिति चितवनले पूर्णता पाएको पार्टीले जनाएको छ ।
जसअनुसार निर्वाचन क्षेत्र नं १ मा मानबहादुर स्याङ्वो 'उपेन्द्र', क्षेत्र नं–२ मा लालध्वज डल्लाकोटी 'विवेक', क्षेत्र नं–३ मा बाबुराम खरेल, क्षेत्र नं–४ मा अन्जनकुमार तिमिल्सिना ९सङ्घर्ष०, र क्षेत्र नं–५ मा द्रोणबाबु शिवाकोटीलाई संयोजकको जिम्मेवारी दिइएको जिल्ला इञ्चार्ज यमबहादुर परियारले जानकारी दिए ।
नगरतर्फ भरतपुर उपमहानगरपालिकामा ईश्वर सापकोटा, राप्ती नगरपालिकामा अरुण चौधरी, खैरहनी नगरपालिकामा लक्ष्मी ढकाल, रत्ननगर नगरपालिकामा राजु अम्गाई, चित्रवन नगरपालिकामा पिताम्बर पोख्रेल, नारायणी नगरपालिकामा अनक मगर, माडी नगरपालिकामा प्रभुप्रसाद महतोलाई नगर इन्चार्ज तोकिएको परियारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण