घटे सिमसार क्षेत्रमा चरा : ४७ प्रजाति पाइनेमा घटेर ३४ पुग्यो
नवलपरासी - नवलपरासीको सिमसार क्षेत्रमा पाइने चराको प्रजातिको सङ्ख्या यस वर्ष घटेको तथ्याङ्क सार्वजनिक भएको छ ।
नारायणी नदी किनार आसपासमा रहेका सिमसार क्षेत्रमा गरिएको गणना कार्यबाट सो तथ्याङ्क सार्वजनिक भएको हो ।
अघिल्लो वर्षकोे गणनामा ४७ प्रजातिका पक्षी गणना गरिए पनि यसपटक सो अनुपातमा कममात्रामा चराको प्रजातिको सङ्ख्या गणना गरिएको प्रकृतिविद् डिबी चौधरी जानकारी दिए । चौधरीको नेतृत्वमा १७ जनाको समूहले सिक्रौलीदेखि अमलटारीसम्म नारायणी नदीको किनारमा गरेको चरा गणनामा ३४ प्रजातिका चरा फेला पारेको थियो ।
यस्तै प्रकृतिविद् भागिरथ चौधरीको नेतृत्वमा १३ जना संरक्षणकर्मीको सहभागितामा अमलटारीदेखि त्रिवेणीसम्म गरिएको नारायणी नदीको किनारको चरा गणना कार्यमा २६ जातिको चरा फेला पारेको चौधरीले बताए ।
प्रत्येक वर्ष यही समयमा यहाँ चरा गणना गरिँदै आएको छ । थारु भिलेज रिसोर्टको व्यवस्थापनमा बर्सेनि चरा गणना हुने गरेको हो । पछिल्लो केही वर्षयता सारस केरेन, ब्लाक विड टर्न, ब्लाक नेक्ड स्टोर्क, स्पट विल्ड पेलिकनलगायतका पक्षी नारायणी नदी आसपासमा देखिन छाडिसकेको संयोजक चौधरीले बताए ।
चितवन राष्ट्रिय निकुञ्जमा पाइने १११ प्रजातिमध्ये गत वर्ष ४७ प्रजातिमात्र भेटिएपछि संरक्षणकर्मीले पक्षीको खोजी र अनुसन्धानलाई तीव्रता दिएका छन् । भुँडीफोर, केरेङकुरुङ, चखेवाको सङ्ख्यामा बर्सेनि घटेको छ । आगन्तुक चरासमेत आउन छाडेकाले वातावरणीय सन्तुलनका लागिसमेत योजना बनाउन पक्षी गणनाले महत्व पु¥याउने गरेको छ ।
विश्वमा पाइने पक्षीमध्ये भmन्डै १० प्रतिशत पक्षी नेपालको अभिलेखमा सूचीकृत भएका छन् । जसमध्ये ३३ प्रजातिका पक्षी विश्वमा नै दुर्लभ मानिन्छन् । यीमध्ये ११ प्रजातिका पक्षी सिमसार क्षेत्रमा पाइन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण