सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साउदी नेतृत्वको हवाई आक्रमणमा २५ यमनी प्रहरीको मृत्यु

मङ्गलबार, ०५ माघ २०७२, १० : ३५
मङ्गलबार, ०५ माघ २०७२

साना (यमन) - साउदी अरब नेतृत्वको संयुक्त फौजले यमनको राजधानी सानामा आइतबार रातभर यमनी प्रहरी मुख्यालयमा गरेको हवाई आक्रमणमा परी कम्तिमा २५ जना प्रहरीको मृत्यु भएको यहाँको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार घटनामा परी २५ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । अस्पतालमा गम्भीर प्रकृतिका घाइते उपचारारत रहेको जनाउँदै अस्पतालले मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने जनाएको छ । हवाई आक्रमणपछि ध्वस्त संरचनालाई हटाउने काम भइरहेकाले भग्नावशेषमा पुरिएर रहेका केही दर्जन प्रहरी अझै भग्नावशेषभित्र पुरिएकाले उनीहरु जीवितै उद्धार हुनसक्ने आशा न्यून रहेको उद्धारमा खटिएका सरकारी अधिकारीले बताएका छन् । अस्पतालमा उपचाररत कैयौँ प्रहरी रहेपनि र केही स्थानीय नागरिकसमेत भएको बताइएको छ । घाइते करिब ३० जना प्रहरीसहित स्थानीयलाई विभिन्न अस्पतालमा लगिएको छ । सुरक्षाकर्मीको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा पत्रकारहरुलाई प्रवेश दिइएको छैन । तर, नजिकैको सडकबाट प्रहरी मुख्यालय वरपरका भवनमा नराम्रोसँग क्षति भएको देखिएको यहाँबाट सम्प्रेषित समाचारमा बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप