सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विस्फोट गराएको आरोपमा पाँचजनालाई १० बर्षको जेल सजाय

मङ्गलबार, ०५ माघ २०७२, १० : ४२
मङ्गलबार, ०५ माघ २०७२

ढाका - बङ्गलादेशको एक अदालतले सोमबार पाँच इस्लामिक आतङ्ककारीलाई १० बर्षको जेल सजाय दिएको छ । उनीहरुमाथि सन् २००५ का देशभर भीषण बम विष्फोटन गराएको आरोप लगाइएको छ ।

बङ्गलादेशको दक्षिणपूर्वी जिल्ला रङ्गामतीअवस्थित एक अदालतले प्रतिबन्ध लगाइएको समूह जमायेतुल मुजाहिद्दिन बङ्गलादेश (जेएमबि) का पाच सदस्यलाई सो जेल सजाय सुनाएको बताइएको छ ।

ती दश आतङ्ककारीमाथि सन् २००५ मा दुईभन्दा बढी विस्फोटन गराइएको आरोप लगाइएको प्रहरी निरीक्षक मोनिनुल इस्लामले बताए ।

सन् २००५ को अगस्ट १७ तारिखमा बङ्गलादेशको विभिन्न सहरमा गराएको बम विस्फोटनमा परी दुई व्यक्तिको मृत्यु भएको थियो ।

प्राय मुसलमान समूदायको बसोवास रहेको देश बङ्गलदेशमा सोही बर्ष अगस्ट १७ पछि देशभरी भएका विभिन्न आक्रमणहरुमा २८ व्यक्तिको मृत्यु भएको थियो ।

सन् २००७ मा जेएमबिका प्रमुख नेताहरुलाई मृत्युदण्ड दिइएपछि जेएमबिका सदिग्ध सयौं आतङ्ककारीलाई पक्राउ गरेको जनाइएको छ ।

हालका दिनहरुमा अँएर जेएमबि आतङ्ककारी समूहले भीषण हिंसा मच्चाउँदै आएको प्रहरीको दाबी रहेको छ ।

यी आतङ्ककारीबाट गत बर्ष दुई विदेशीको हत्यालगायत सिया र सुफि मुसमान समूदायका साथै इशाईहरुमाथि भीषण आक्रमण गरेका छन् ।

बङ्गलादेशमा भएका केही आतङ्ककारी घटनाको इस्लामिक स्टेट्स (आइएस) समूहले दाबी गरेको भए पनि बङ्गलादेश सरकारले भने अस्विकार गरेको बताइएको छ ।

सरकारका अनुसार बङ्गलादेशमा आइएसको उपस्थिति रहेको छैन । गत नोभेम्बरदेखि हालसम्म त्यहाको सुरक्षाबलले गरेको कारबाहीको क्रममा पाच जेएमबिका सदस्य मारिएको बताइएको छ । रासस÷एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप