सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिक्सिङको अरोपमा श्रीलंकाका बलिङ प्रशिक्षक निलम्बित

मङ्गलबार, ०५ माघ २०७२, ११ : १२
मङ्गलबार, ०५ माघ २०७२

कोलम्बो – वेस्ट इन्डिजविरुद्धको टेस्ट फिक्सिङ गर्ने प्रयास गरेको आरोपमा श्रीलंकाले फास्ट बलिङ प्रशिक्षक अनुशा समारानायकेलाई दुई महिनाका लागि निलम्बन गरेको छ । गत अक्टोबटरमा गालेमा भएको पहिलो टेस्टमा समरानायकेले टेस्ट फिक्स गर्न खाजेको आशंका गरिएको छ । यद्यपि, उक्त टेस्ट श्रीलंकाले एक इनिङ र ६ रनको विशाल अन्तरले जितेको थियो । उक्त खेल हार्नका लागि विकेटकिपर कुशल परेर र स्पीन बलर रंगना हेराथलाई पैसाको प्रस्ताव गरिएको बताइएको छ । समरानायकेमाथि प्रशिक्षणमा शीर्ष तहको कुनै अनुभव नभएको व्यक्तिलाई लगेको अरोप छ । खेलकुद मन्त्री दयासिरी जयाशेखराका अनुसार श्रीलंकाको ब्याटिङ धरासयी बनाउने शर्तमा प्रत्येक खेलाडीलाई १० लाख श्रीलंकाली रुपैयाँ प्रस्ताव गरिएको थियो । यस फिक्सिङमा नेट बलर गायन विश्वनाथ पनि संलग्न रहेको आशंका गरिएको छ । उनलाई श्रीलंकाभित्र हुने खेलकुद गतिविधिबाट आजीवन प्रतिबन्ध लगाइएको छ । श्रीलंकाली क्रिकेट बोर्डका अनुसार विश्वनाथसँग समरानायकेको सम्बन्ध रहेको र उनले विभिन्न खेलाडीहरुलाई फिक्सिङको लागि प्रस्ताव गरेको उजुरी परेको छ । प्रहरीले श्रीलंकाली क्रिकेट टोलीका कप्तान एन्जेलो म्याथ्युज र प्रशिक्षक जेरिल वुटर्जसँग पनि बयान लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप