संशोधन विधेयकमा एकमत बनाउन कांग्रेस–एमोवादीबीच छलफल, तीन दलको बैठक बस्ने
काठमाडौं – आन्दोलनर मधेसी मोर्चाको माग सम्बोधन गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र एमाओवादीका शीर्ष नेताहरुबीच छलफल भएको छ । व्यवस्थापिका संसद्मा पहिलो संशोधन विधेयकमा छलफल शुरु हुनअघि दुई पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको थियो । कांग्रेसका नेताहरुसँग छलफल गर्न बिहान साढे १० बजे एमाओवादी अध्यक्ष एक्लै कांग्रेस सभापति सुशील कोइराला निवास पुगेका थिए । कांग्रेसको तर्फबाट कोइरालसहित उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, नेता महेश आचार्य र कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठ सहभागी थिए ।
बैठक पछि एमाओवादी अध्यक्ष प्रचण्डले मधेसी मोर्चासँग सहमति र संविधान संशोधन विधेयकका बारेमा छलफल भएको जनकारी दिए । संसद बैठक बस्नु अघि र चलिरहँदा प्रमुख दलहरुबीच समझदारीको प्रयास हुने उनको जिकिर थियो ।
सोमबार आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र तीन दलको कार्यदलको संयुक्त बैठकपछि सहमति नबन्ने स्थिति पैदा भएको छ ।
तीन दलको बैठक बस्दै
संविधान संशोधनमा एकरुपता दिनका लागि आज दिउँसो एक बजे नयाँ बानेश्वरमा तीन दलको बैठक बस्ने भएको छ । एमाओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव जोख बहादुर महराका अनुसार आजको बैठक मधेसी मोर्चाको माग सम्बोधन गर्ने विषयमा केन्द्रीत हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण