सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अध्यक्षकै छोराको हत्यापछि मेला स्थगित

मङ्गलबार, ०५ माघ २०७२, १३ : ५२
मङ्गलबार, ०५ माघ २०७२

गौशाला - महोत्तरी जिल्लाको भटौलिया गाविसमा आजदेखि सुरु हुन लागेको महाविरी झन्डा मेला स्थगन भएको छ । एक साताअघि पुस २६ गते राति स्थानीयवासी तीन युवकले भटौलिया झन्डा मेला समितिका अध्यक्ष रवीन्द्र्र महासेठका आठ वर्षीय छोरा जेनिस भनिने चिरञ्जीवीलाई अपहरण गरी हत्या गरेका थिए । भटौलियामा रु पाँच लाखको लागतमा बनाइएको ५० फिटभन्दा ठूलो झन्डा र लाखाँै खर्च गरेर तयार गरिएको सबै कार्यक्रम रद्द गरिएको स्थानीयवासी प्रवीणकुमार कर्णले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप