यमनमा एक न्यायाधीशको हत्या
आदेन–यमनी दक्षिणी नगर आदेनमा सोमबार एकजना न्यायाधीशको हत्या भएको छ । आतङ्कवादविरोधी एक स्थानीय अदालतका न्यायाधीशको सोमबार साँझ हत्या भएको जनाइएको छ । यमनमा जारी रहेको हत्या हिंसाको शृंखलाअन्तर्गत सोमबार सो हत्या भएको जनाइएको छ । अल कायदाका लडाकूहरुले न्यायाधीश हादी मुल्फीको हत्या गरेका हुन् । प्रहरीले सो हत्यामा अल कायदाकै हात रहेको जनाएको छ । तर यमनमा रहेको अल कायदाको समूहले भने यस विषयमा केही बताएको छैन । दक्षिणी यमनी नगर आदेनको मन्सुराह नगरमा उहाँको हत्या भएको बताइएको छ । प्रहरीले मोटरसाइकलमा आएका दुई जनाले उनको हत्या गरेर भागेका प्रत्यक्षदर्शीले जनाएका हुन् । आदेनका अधिकारीहरुले सो नगरमा मोटरसाइकलमा आवतजावतका लागि प्रतिबन्ध लगाएको केही घन्टापछि नै मोटर साइकलमा आएका बन्दुकधारीले उनको हत्या गरेका हुन् । गएका केही दिनयता आदेनमा यस्ता हत्याका घटना हुने गरेका छन् । मोटर साइकलमा आएका बन्दुकधारीले हत्या गरेर भाग्ने गरेकोले प्रहरीले मोटर साइकल चढ्न रोक लगाएको थियो । सो हत्यापछि प्रहरीले उक्त नगरको सुरक्षा व्यवस्था निकै कडा परेको छ । ठूलो सङ्ख्याका प्रहरी र सेना सडकमा खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण