युक्रेनको इन्जिनियरको दाबी : अब प्लेन दुर्घटना भएपनि सकुशलै रहन्छन् यात्रूहरु (भिडियो)
मङ्गलबार, ०५ माघ २०७२, १५ : ५३
काठमाडौं – युक्रेनका इन्जिनियर भ्लादिमिर तातारेन्कोले नयाँ प्रविधिको विकास गरेका छन् । उनको नयाँ प्रविधीको प्रयोगपछि इमरर्जेन्सीको समयमा प्लेन दुर्घटनामा परेपनि यात्रूहरुको ज्यान बच्ने दाबी गरेका छन् । भ्लादिमीरले आफ्नो जीवनको लामो समय यो प्रविधी विकास गर्न खर्च गरेको बताएका छन् ।
कस्तो छ नयाँ प्रविधी ? यो नयाँ प्रविधीमा प्लेनमा डिटेचेबल अर्थात अलग हुनसक्ने प्यासेन्जर क्याबिन लगाइएको हुन्छ । कुनै पनि दुर्घटना हुदाँ या इमरर्जेन्सीको समय यो प्लेनबाट अलग हुन्छ । क्याबिन्सको ढोकामा प्यारासुट लगाइएको हुन्छ । क्याबिन प्लेनबाट अलग हुनसाथ प्यारासुट खुल्छ । यसपछि क्याबिन जमीन वा पानीमा पनि सेफ ल्यान्डिंग हुनसक्छ । यात्रूले यस प्रविधिअनुरुप आफ्ना सामानलाई समेत आफूसँगै राख्न सक्छन् । डिजाइन बनाउन ३ वर्ष भ्लादिमिरले अब प्लेन दुर्घटना भएपनि मानिसहरु ज्यान बचाउन संभव हुने बताएका छन् । यस नयाँ प्रविधीअनुसार प्लेनको विंग्स्, बडी र पछिल्लो भाग बनाउनका लागि कार्बन कम्पोजिट तथा सिन्थेटिक फाइबर प्रयोग गरिन्छ । यसलाई लिएर प्यारासूट ल्यान्ड गर्दा वजन कम हुन्छ । यसमा रबर टयूब्स पनि लगाइएको हुन्छ किनकी ल्यान्डिंग हुदाँ कुनै झट्का नलागोस् । भ्लादिमिरले यस प्रविधीलाई लिएर सर्वसाधारणमाझ सर्वे पनि गराएका छन् । अहिलेसम्म सबैजनाले भ्लादिमिरको तारिफ गरेका छन् । ब्लादिमिरले गत वर्ष नै यस एस्केप कैप्सूल स्टिमलाई रजिस्टर्ड गराएका थिए । यो सिस्टमले यात्रूहरुलाई हावामा पनि सुरक्षित राख्ने ब्लादिमिरको दाबी छ । यसरी काम गर्छ यो प्रविधीले दुर्घटनाको समय प्लेनको पछिल्लो हिस्सामा लगाइएको ह्याचको मद्दतबाट यात्रू क्याबिन केही सेकेन्डमै ककपिटबाट अलग हुन्छ । त्यसपछि गनपाउडवरले इन्जनको हिस्साको स्पिड कम गर्छ । पछिल्लो हिस्सामा लगाइएको प्यारासुट खुल्न जान्छ । ब्लादिमिरका अनुसार यदी प्लेनभित्र आक्रमण भएको खण्डमा भने यस प्रविधीले काम गर्नेछैन ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण