सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दोलखाका बालबालिकाको भूकम्प गीत : ‘भूकम्प, मसँग धेरै नचम्क’

मङ्गलबार, ०५ माघ २०७२, १६ : ०१
मङ्गलबार, ०५ माघ २०७२
दोलखा – भूकम्प प्रभावित जिल्ला दोलखाको ‘ग्राउण्ड जिरो’मा रिर्पोटिङका लागि पुगेको डिस्कवरी न्युज नेटवर्कको टोली विगत एक हप्तादेखि दोलखामा रहेको थियो । त्यस क्षेत्रको स्थलगत रिपोर्टिङ गर्ने क्रममा हामी जिल्लाको उत्तरी भागमा रहेको लामाबगरको गौरीशंकर प्राथामिक विद्यालय पुग्यौं । वैशाख १२ र २९ गतेको भूकम्पले दोलखाका अधिकांश विद्यालयहरु भत्किए पनि धेरै विद्यालयहरु अस्थायी टहरा बनाएर पठनपाठन सुचारु गरिएको रहेछ । भूकम्पले धेरै क्षति पुर्याएको जिल्लाहरु मध्ये एक दोलखाका विद्यालयमा अध्ययनरत स–साना बालबालिकाको मनोविज्ञानमा असर परेको छ । भूकम्पको मनोवैज्ञानिक प्रभावलाई न्युनिकरण गर्नका लागि विद्यालयका शिक्षक–शिक्षिकाहरुले भूकम्पको गीत नै बनाएर विद्यार्थीहरुलाई सिकाएका रहेछन् । विद्यालयमा पुगेपछि त्यहाँ विद्यार्थीहरुले निकै उत्साहित भएर हामीलाई भूकम्पको गीत सुनाए । ‘भूकम्प ए भूकम्प, मसँग धेरै नचम्क । जस्ताको छाना लाइदिउँला....’ दोलखामा भूकम्प गएको ९ महिना बितिसक्दा पनि राहत वितरण अझै प्रभावकारी बन्न सकेको छैन । अभावकै बीच पनि यस्तै गीत गाएर उनीहरुले भूकम्पको पीडा बिर्साउने प्रयास गरिरहेका छन् । हेरौं बालबालिकाहरुको भूकम्प गीतः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप