अझै फिफाबाट तलब बुझ्छन् सेप ब्लाटर
जुरिच – फिफाले सेप ब्लाटरमाथि आठ वर्षसम्मको प्रतिबन्ध लगाउने निर्णय गरेको छ । तर उनी अझै अध्यक्षको तलब र सुविधाबाट भने वञ्चित छैनन् । बेलायती सञ्चारमाध्यम रोयटर्सले फिफाका प्रवक्तालाई उद्धृत गदै लेखेको छ, ‘फेब्रुअरी २६ मा फिफाको अध्यक्ष पदको चुनाव नभएसम्म ब्लाटरलाई तलब दिइरहनुपर्नेछ ।’ फिफाले यसअघि शुरुवातमा ब्लाटरलाई ९० दिन निलम्बनमा राखेको थियो भने गत महिना ८ वर्षे प्रतिबन्धको सजाय सुनायो । फिफाका प्रवक्ता आन्द्रेस बन्टेलले बताएअनुसार फिफाको नीतिले ब्लाटरको बोनस रोक्न सक्छ । तर नयाँ अध्यक्ष चयन नभएसम्म उनको तलब रोक्ने अधिकार फिफालाई छैन । यसअघि ब्लाटर चुनावबाटै अध्यक्षमा विजयी भएका कारण उनको तलब रोक्ने अधिकार फिफासँग नभएको बेन्टेलले बताएका छन् । ब्लाटरका अमेरिकी वकिल र उनका स्विचरल्याण्डस्थित प्रवक्ताले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिन मानेनन् । फिफाले आफ्नो इतिहासमै पहिलो पटक सबैभन्दा ठूलो भ्रष्टाचार सम्बन्धी मुद्धा झेलिरहेको छ । फिफाका ४१ जनामाथि भ्रस्टाचारको मुद्दा छ । अहिले आफ्नो कामबाट वन्चित भएका कारण सेप ब्लाटरले बोनस भने प्राप्त गरेका छैनन् । फिफाले गत हप्तामात्रै जेरोम भाल्केलाई महासचिवको जिम्मेवारीबाट हटाएको छ । उनलाई किन पदीय जिम्मेवारीबाट हटाइयो भन्ने केही खुलेको छैन् । तर विश्वकपताका टिकट बिक्रीबाट उठेको रकममा उनले घोटाला गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण