सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टेनिसमा फिक्सिङ प्रकरण : आफूलाई पनि अफर आएको जोकोभिचको खुलासा

मङ्गलबार, ०५ माघ २०७२, १६ : ३६
मङ्गलबार, ०५ माघ २०७२

सिड्नी – फुटबल र क्रिकेटपछि अहिले खेल मिलेमतो प्रकरणमा टेनिस बदनाम भएको छ । एक मिडिया रिर्पोटका अनुसार टेनिसमा पछिल्लो १० वर्षदेखि फिक्सिंग हुदैँ आएपनि अन्तर्राष्ट्रिय टेनिस महासंघले कुनै कारबाही गरेको छैन । यसैबीच विश्व नम्बर एक नोभाक जोकोभिचले समेत आफूलाई फिक्सिङका लागि प्रस्ताव आएको बताएका छन् ।

कसले राखेको थियो जोकोभिच समक्ष फिक्सिङ प्रस्ताव ? जोकोविचका अनुसार करियरको सुरुआतमा उनलाई फिक्सिंगको प्रस्ताव आएको थियो । एक मिडिया रिर्पोटका अनुसार जोकोभिचलाई म्याच फिक्सिङका लागि २ लाख अमेरिकी डलरको प्रस्ताव गरिएको थियो । उनले सन् २००७ मा आफूसँगै काम गर्ने केही सहयोगीमार्फत यस्तो प्रस्ताव आएपनि त्यसलाई इन्कार गरेको बताएका छन् । जोकोभिचले त्यसपछि भने कहिल्यै फिक्सिङका विषयमा केही नसुनेको बताएका छन् । उनले फिक्सिंगको प्रस्ताव आएपछि आफूलाई निकै डर लागेको बताएका छन् ।

कसले गर्यो म्याच फिक्सिङको दाबी ? बीबीसी र बजफिडले आइतबार राति म्याच फिक्सिंगसँग जोडीएका गोप्य फाइल देखाउने दाबी गरेका थिए । दाबीका अनुसार पछिल्ला १० वर्षमा ५० शीर्ष र्यांकिंगका खेलाडीहरुमध्ये १६ जना म्याच फिक्सिङमा सहभागी छन् । यि १६ खेलाडीहरुले थुप्रै खेल पैसा लिएर हारेको बिबिसीको दाबी छ । ग्यान्ड स्लाम जित्ने खेलाडी समेत मिलेमतो प्रकरणमा सहभागि भएको बिबिसीको दाबी छ । अस्ट्रेलियन ओपन सोमबारबाट सुरु भएको अवस्थामा यो रिर्पोटलाई महत्वपूर्ण मानिएको छ । रिर्पोटका अनुसार टेनिसको सर्वोच्च संस्था एटीपिले २००७ मा यस विषयमा छानविन समेत गरेको थियो । एटीपीको जाँचपछि म्याचफिक्सिंगको सिन्डीकेट रुस, इटली र सिसलीमा अपरेट हुन जानकारी मिलेको थियो । रिर्पोटका अनुसार बिम्बल्डनमा समेत तीन पटक म्याच फिक्सिंग भइसकेको छ । २००८ मा एटीपिले २८ खेलाडीलाई जाँचका लागि निर्देशन दिएको थियो । तर, छानविनपछि कुनै खेलाडीमाथि कारबाही भएन । २००९ मा एटीपीले एन्टी करप्सन कोड बनाएको थियो ।

कसरी हुन्थ्यो म्याच फिक्सिङ रिर्पोटका अनुसार ठूला प्रतियोगिताका दौरान म्याच फिक्सिंग होटलको कोठामा हुने गरेको थियो । खेलाडीलाई ५० हजार डलरसम्म मिल्ने गरेको थियो । एटीपी प्रमुख क्रिस करमोडले यि आरोपहरु गलत रहेको बताउँदै भनेका छन्, म भरोसा दिलाउन चाहन्छु । यो प्रकरणलाई हल्का रुपमा लिइने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप