सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

रहेनन् 'होटल क्यालिफोर्निया'का रचनाकार : इगल्सका ग्लेन फ्रेइको निधन

मङ्गलबार, ०५ माघ २०७२, १८ : ०१
मङ्गलबार, ०५ माघ २०७२

न्युयोक – चर्चित ब्यान्ड इगल्सका गितारिस्ट ग्लेन फ्रेइको ६७ वर्षको उमेरमा निधन भएको छ । फ्रेइको सोमबार न्युर्योकस्थित अस्पतालमा निधन भएको हो । उनी निमोनिया, कोलिटिस, अथ्रिटिस लगायत विभिन्न रोगबाट ग्रस्त थिए । ‘शब्दले हाम्रो पिडा बयान गर्न सक्दैन । न त उनले हामी सबैलाई दिएको माया र सम्मान नै दर्शाउन सक्छ’ उनको परिवार तथा ब्यान्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ । ७० को दशकमा इगल्स विश्वकै लोकप्रिय ब्यान्ड थियो । सन् १९७६ मा यो ब्यान्डले गाएको होटल क्यालिर्फोनिया निकै हिट भएको थियो । उनले फ्रेइले सन् १९७१ मा डन हेन्ली, बर्नी लियडन र र्यान्डी मिस्नरसँग मिलेर इगल्स ब्यान्ड स्थापना गरेका थिए । उनले हेन्लीसँगै मिलेर होटल क्यार्लिफोनिया गीत बनाएका थिए । उनले यस ब्यान्डका थुप्रै चर्चित गीतहरु समेत संयोजन गरे । इगल्स ब्यान्डले संसारभर १ सय ५० मिलियनभन्दा बढी एल्बम बिक्री गर्ने रेकर्ड समेत राखेको छ । होटल क्यार्लिफोनिया उनीहरुको सबैभन्दा धेरै चलेको गीत हो । हेर्नुहोस् भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप