चीनको आर्थिक वृद्धिदर २५ वर्षमा सबैभन्दा कम
बेइजिङ – चीनको आर्थिक वृद्धिदर सन् २०१५ मा केवल ६ दशमलव ९ प्रतिशत मात्रै रह्यो । वर्ष सन् २०१४ मा यस्तो वृद्धिदर ७ दशमलव ३ प्रतिशत थियो । सन् २०१५ को आर्थिक वृद्धिदर चीनमा २५ वर्षपछिकै सबैभन्दा कम वृद्धिदर हो । विश्व अर्थतन्त्रकै प्रमुख हिस्सा मानिएको चीनको आर्थिक वृद्धिदर कम भएपछि विश्वभरका लगानीकर्ता गम्भिर देखिएका छन् । बेइजिंगले आफ्नो आर्थिक वृद्धिदर ७ प्रतिशत रहने लक्ष्य राखेको छ । चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र हो । चिनियाँ प्रिमियर लि किक्वियांगले पर्याप्त नयाँ रोजगारीको सिर्जना नहुदाँसम्म आर्थिक वृद्धिदर कमजोर देखिएपनि त्यसलाई स्विकार्नुपर्ने बताएका छन् । केही पर्यवेक्षकहरुले सरकारले देखाएको तथ्यांकभन्दा आर्थिक वृद्धिदर अझै कम रहेको बताएका छन् । विश्लेषकहरुले चीनको आर्थिक वृद्धिदर ६ दशलमव ८ प्रतिशतभन्दा कमै हुने दाबी गरेका छन् । एक दशकभन्दा लामो समय अर्थतन्त्रमा ठूलो सुधार गरेको चीनले पछिल्ला दुई वर्ष अर्थतन्त्रमा राम्रो सुधार ल्याउन सकेको छैन् । खर्च र सेवामा वृद्धि गरेर अघि बढ्ने चीनको केन्द्र सरकारको नीति लागू गर्नु अहिले सबैभन्दा ठूलो चुनौतीका रुपमा छ । चीनले आफ्नो अर्थतन्त्रलाई फेरि सन्तुलनमा ल्याउन चाहेको छ । एचएसबिसीका जोन जुका अनुसार चीनको अहिलेको अवस्थाको विकासमा खर्च धेरै आवश्यक पर्छ । चीनको बढ्दो आर्थिक वृद्धिदर यसअघि विश्वमै चर्चामा रहने गर्छ । चीनको सन् २०१५ को वृद्धिदर मात्रै स्विचरल्याण्ड र साउदी अरेबियाको सिंगो अर्थतन्त्र बराबर हुन आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण