सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

महिलालाई हातपात गरेको आरोपमा बलिउड अभिनेता नवाजुद्धिन विरुद्ध मुद्दा दायर

मङ्गलबार, ०५ माघ २०७२, १८ : ५२
मङ्गलबार, ०५ माघ २०७२

नयाँदिल्ली–अभिनेता नवाजुद्धिन सिद्धिकीको विरोधमा वर्सोवा पुलिस स्टेशनमा एक युवतीले हात हालाहाल तथा छेडछाडको मुद्दा दायर गरेकी छन् । सञ्चारमाध्यमका अनुसार मुम्बईको यारी रोडमा रहेको एक अपार्टमेन्टको पार्किङमा उनको एक युवतीसँग विवाद भएको थियो । अहिलेसम्म नवाजले यस विषयमा मुख खोलेका छैनन् । कस्तो थियोे घटना सञ्चारमाध्यमका अनुसार अपार्टमेन्टको तल्लो तलामा नवाजुद्धिनको अफिस छ । त्यहाँ उनले गैरकानूनी रुपमा निमार्णको काम गरे । नवाजुद्धिनका कारण कार पार्किङलाई अफ्ठेरो भयो । त्यसैकारण कार पार्किङ सोसाइटीका अध्यक्ष तथा महासचिवले नवाजुद्धिनलाई यस सम्बन्धी ध्यानाकर्षण समेत गराएका थिए । कसले गर्यो उजूरी नवाजको विरुद्धमा उजुरी गर्ने २४ वर्षीया युवती महासचिवकी छोरी हुन् । उनी नवाजलाई मिटिंगको विषयमा बताउन गएकी थिइन् । तर नवाजले गाली गरेको र उल्टै हातपात गरेको उनको आरोप छ । नवाजसँगको विवादपछि उनले प्रहरी थानामा पुगेर उजुरी गरेकी हुन् ।

लन्चबक्स चलचित्रका लागि जितेका थिए फिल्मफेयर अवार्ड तलाश, कहानी, ग्यांग्स् अफ वासेपुर र देख इन्डियन सर्कस चलचित्रका लागि नवाजुद्धिन सिद्धिकीलाई सन् २०१२ मा नेशनल फिल्म अवार्डस्अन्तर्गत स्पेश ज्यूरी अवार्ड प्रदान गरिएको थियो । सन् २०१३ मा आएको चलचित्र लन्च बक्सका लागि उनलाई उत्कृष्ट सहअभिनेताको फिल्मफेयर अवार्ड मिल्यो । थुप्रै हिट फिल्ममा छन् नवाज सलमान खानको पछिल्लो वर्षको चलचित्र बजरंगी भाईजानमा नवाजले गरेको अभिनयको सबैले तारिफ गरेका छन् । चलचित्र मांझी द माउन्टेन म्यान, बदलापुर, किक, ग्यांग्स् अफ वासेपुरलगायत चलचित्रले उनलाई बलिडमा अलग पहिचान दिलाएका छन् । अहिले उनी कोलकत्तामा अमिताभ बच्चनको साथ फिल्म तीन को सूटिंंगमा व्यस्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप