सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

आचार्य कर्माको बौद्ध शिक्षा सम्बन्धी कृति

मङ्गलबार, ०५ माघ २०७२, १८ : ५६
मङ्गलबार, ०५ माघ २०७२

काठमाडौं – आचार्य कर्मा सङवो शेर्पाको बौद्ध शिक्षा सम्बन्धी कृति सार्वजनिक भएको छ । लुम्विनी विश्व विद्यालयका उपकुलपति नरेश बज्राचार्यले कर्माको तेस्रो कृति सार्वजनिक गरेको हो । हिमालयन शेर्पा सांस्कृतीक केन्द्रले आयोजना गरेका एक औपचारिक कार्यक्रममा कर्माको कृति विमोचनसहित ल्होसारको महत्वमाथि छलफल भएको छ । आधुनिक परिवेशमा ल्होसारको महत्व विषय अन्तरक्रिया समेत भएको अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिए । कार्यक्रममा वोल्ने वक्ताहरुले पुस्तकले बौद्ध दर्शन र बौद्ध शिक्षाबारे अध्ययन गर्न थप सहज बनाउने भनाइ राखे । आचार्य कर्माको पुस्तक लेखन अभियानले आमरुपमा बौद्ध शिक्षा सम्बन्धी प्रचार–प्रसारमा समेत जोड पुग्ने उपकुलपति बज्राचार्यले बताए । यसअघि आचार्य कर्माको लामा गोन्पा शेर्पा जातिको वंशज, सुत्र र शास्त्रको विवरण संग्रह पुस्तक आइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप