राप्रपाले आफ्नो एजेण्डा छोडेकै छैन : मन्त्री विष्ट
पार्टीले एजेण्डा छोडे पार्टी परित्याग गर्छु पर्वत–राप्रपा नेपालले उठाएको हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको एजेण्डा नछाडेको स्थानीय विकास सहायक मन्त्री विराज बहादुर विष्टले बताएका छन् । बेनीमा हुने उत्पीडित संघको कार्य समिति गठनको लागि आएका मन्त्री विष्टले पर्वतमा भएको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । सरकारमा जानुभन्दा पहिले हिन्दुराष्ट्र र राजतन्त्रको माग उठाएको राप्रपा नेपालले सरकारमा गएपछि आफ्ना एजेण्डा नछाडेको भन्दै त्यसमा शंका नगर्न आग्रह गरे । पार्टीले उठाउँदै आएको एजेण्डा छाडे आफूले पार्टी नै परित्याग गर्ने दाबी गरे । मंगलबार पर्वतमा भएको पत्रकार सम्मेलनमा मन्त्री विष्टले स्थानीय निकायको चुनाव छिट्टै नै हुने बताएका छन् । निर्वाचन आयोगलाई पत्रकार गरि चुनावको प्रक्रिया अगाडि बढाएको र भूकम्पबाट प्रभावित भएका १४ जिल्लामा वैशाख महिनाभित्र स्थानीय निर्वाचनको चुनाव गर्ने तयारी भएको विष्टले बताए ।
स्थानीय निकायको चुनाव नभएका कारण स्थानीय निकायमा भ्रष्टाचार मौलाएको र कहाँ के कति खर्च भएको भन्ने कुरा खुल्न नसकेको भन्दै अब छिट्टै नै स्थानीय निकायको चुनाव हुने उनको तर्क छ । मन्त्री विष्ट भोली म्याग्दी र बाग्लुङमा हुने उत्पीडित संगठनको कायक्रमको उद्घाटन गर्ने पार्टी कार्यालयले जनाएको छ । पत्रकार सम्मेलको अध्यक्षता पार्टीका अध्यक्ष ठाकुर प्रसाद भूषाल र संचालन पार्टी सचिव प्रकाश पौडेलले गरेका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण