नेपाली सेनाका मेजरको मृत्यु
मङ्गलबार, ०५ माघ २०७२, १९ : ०३
कावासोती– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्किबासमा आज भएको सवारी दुर्घटनामा नेपाली सेनाका मेजर (सेनानी)को मृत्यु भएको छ ।
दुम्किबास–५ दाउन्नेमा ट्रकले ठक्कर दिँदा बा ३४ प ४१०६ नम्बरका मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका–१५ बस्ने ४७ वर्षीय सेनानी सुशील श्रेष्ठको मृत्यु भएको हो ।
रुपन्देहीको सैनामैना तालिम केन्द्रमा कार्यरत रहेका उनलाई बुटवल जाँदै गर्दा बुटवलबाट नारायणगढतर्फ गुडिरहेको ना ४ ख ८८७५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
ठक्कर दिने ट्रक दाउन्नेमा पल्टिएको छ भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण