सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

तेह्रौँ महाधिवेशनले पार्टीलाई एक ढिक्का बनाउछ : नेता केसी

मङ्गलबार, ०५ माघ २०७२, १९ : ०७
मङ्गलबार, ०५ माघ २०७२

परासी– नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी तेह्रौँ महाधिवेशनले पार्टीभित्रको गुटबन्दीलाई अलग बनाएर पार्टीलाई एकढिक्का बताउने विचार व्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियन नवलपरासीले आज परासीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सदस्यसमेत रहेका नेता केसीले पार्टीभित्रको भागबन्डाका कारण पार्टी थप कमजोर बन्दै गएको जिकिर गरे ।

हालै जारी संविधान कार्यान्वयनका लागि चुनौती रहे तापनि अब सबै दल एकजुट भई जारी भएको संविधान कार्यान्वयन गराउन आवश्यक रहेकामा नेता केसीले जोड दिए ।

पार्टीभित्र नेतामुखी पद्धति र नातामुखी पद्धति हाबी हुँदा झन पार्टी दलदलमा फसेको भन्दै नेता केसीले आगामी तेह्रौँ महाधिवेशनले यसको समेत व्यवस्थापन गर्न सहयोग मिल्ने विचार राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप