सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

गाडी दुर्घटनामा एक जनाको मृत्यु

मङ्गलबार, ०५ माघ २०७२, १९ : १४
मङ्गलबार, ०५ माघ २०७२

इनरुवा– सुनसरीको चिमडी गाविस–५ को सडकखण्डमा गाडी दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा चिमडी–१ बस्ने ४० वर्षका गुलावचन्द्र ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विराटनगरबाट चिमडीतर्फ आउँदै गरेको ना३ख ६५२७ नम्बरको बसबाट ओर्लने क्रममा लड्दा टाउको र खुट्टामा चोट लागेको र उपचारको क्रममा उनको कोसी अञ्चल अस्पताल विराटनगरमा मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए ।

उक्त बस र चालकलाई इलाका प्रहरी कार्यालय चिमडीको नियन्त्रणमा लिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप