न्याय माग्दै सशस्त्र द्वन्द्वपीडित परिवार आयोगमा
काठमाडौँ–सशस्त्र द्वन्द्वपीडितका परिवारले आज राष्ट्रिय मानव अधिकार आयोगमा पुगी आफूहरुलाई न्याय दिलाउन पहल गरिदिन आग्रह गरेका छन् ।
द्वन्द्वपीडितका परिवार कृष्णप्रसाद अधिकारी, अर्जुन लामा, मैना सुनुवार र उज्जनकुमार श्रेष्ठका परिवार, आफन्त तथा यातनापीडित जनक राउतले आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटी न्याय दिलाउन पहल गरिदिन आग्रह गरेका हुन् ।
पीडितपरिवारजनले न्याय पाउने आशमा लामो समयदेखि सङ्घर्ष गरेपनि न्याय पाउने अधिकारबाट आफूहरु वञ्चित हुँदै आएको र सङ्क्रमणकालीन न्यायका संयन्त्रको स्थापना भएपनि आफूहरुले उक्त निकायबाट न्याय प्राप्त गर्ने विश्वासको वातावरण नपाएको गुनासो पोखेका थिए ।
त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको शव उत्खनन गरेर आफ्नो संस्कृतिअनुसार दाहसंस्कार गर्न पाउने अधिकारको रक्षा गरिदिनुका साथै अदालतले दोषीलाई कारबाही गर्न दिएको आदेशको कार्यान्वयन नहुँदा पीडितले न्यायको अनुभूति गर्न नसकेको हुँदा सोका लागि पहल गरिदिन अध्यक्ष शर्मासमक्ष पीडितको अनुरोध थियो ।
अध्यक्ष शर्माले आयोग पीडितको न्याय प्राप्तिका लागि निरन्तर सक्रिय रहेको र सङ्क्रमणकालीन न्यायका संयन्त्रले द्वन्द्वपीडितको न्याय प्राप्तिका लागि जुनसुकै बेला आवश्यक सहयोग पु¥याउन तयार रहेको बताए ।
आयोगले स्थापनाकालदेखि नै सशस्त्र द्वन्द्वपीडितको मानव अधिकार संरक्षणका लागि क्रियाशील रहँदै आएको हुँदा आयोगले निरन्तर आफ्नो भूमिका निर्वाह गर्नेसमेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण