कम उमेरका अभिनेत्रीसँग रोमान्स नगर्ने अमिताभको घोषणा
मङ्गलबार, ०५ माघ २०७२, १९ : २९
नयाँदिल्ली–निःशब्द चलचित्रमा जिया खान र चीनी कम चलचित्रमा तब्बूसँग काम गरेका अमिताभ बच्चनले अब कम उमेरका हिरोइनसँग रोमान्स नगर्ने बताएका छन् । बलिउडमा बुढा हिरोहरु भर्खरकी हिरोइनसँग फिल्म खेल्ने क्रम नौलो होइन । अमिताभले भनेका छन्, ‘यो टेन्ड अब पुरानो भयो । मेरा यस्ता फिल्म असफल भए । दर्शकले एक ६० वर्षको बुढोलाई १८ वर्षको युवतीसँग रोमान्स गर्दै गरेको स्विकार गर्न सक्दैनन् ।’ उनले आफ्नो उमेर ढल्केका कारण नयाँ हिरोइनसँग काम गर्न नपाउँदा दुख लाग्ने बताएका छन् । उनी भन्छन्, ‘यस उद्योगमा थुप्रै ट्यालेन्टेड हिरोइन आएका छन् । मैलेँ चाहे भने उनीहरु मसँग पनि फिल्म खेल्न सक्छन् । तर, म दीपिका या कंगनाको हिरो बन्न सक्दिन । उसै पनि आजकल म क्यारेक्टर रोल वा क्यारेक्टर ओरिएन्टेड रोल गर्दैछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण