सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सन्नी लियोनले एक टिभी च्यानललाई दिएको अन्तर्वार्ताका रोचक हाइलाइट्सहरु

मङ्गलबार, ०५ माघ २०७२, १९ : ४०
मङ्गलबार, ०५ माघ २०७२

नयाँदिल्ली–मस्तीजादेको प्रबद्र्धनमा व्यस्त सनी लियोनले एक टिभी च्यानललाई दिएको अन्तरवार्ता अहिले चर्चामा छ । यस अन्तरवार्ताका दौरान कार्यक्रम सञ्चालकले राखेको भद्धा प्रश्नबाट दर्शक तथा बलिउड स्टारहरु निकै रिसाएका छन् । कार्यक्रम सञ्चालकले राखेका प्रत्येक प्रश्नको सनीले भने सटिक जवाफ फर्काएकी थिइन् । सनीको अन्तरवार्ताका हाइलाइट्स :

पोर्न इमेजका कारण आमिर खानजस्ता ठूला स्टार तपाईसँग काम गर्न चाहदैँनन् । के तपाई आफ्नो यस्तो इमेजका कारण दुखित हुनुहुन्न ?

मेरो पहिलाको इमेजका कारण उनी मसँग काम गर्न चाहदैँनन् । तर, यो कुराले मलाई दुःख लाग्दैन् । म आमिरको फ्यान हुँ र उनका चलचित्र हेर्छु । म यर्थाथमा भरोसा गर्छु । हो, यो उद्योगमा आएपछि मेरा पनि केही सपना छन् । आज नभए भोलि नै सही मलाई ठूला स्टारसँग काम गर्ने मौका पक्कै मिल्छ ।

विगतमा गरेका कुनै गल्ति हटाउन चाहनुहुन्छ ? (पोर्न इमेजको बारेमा )

होइन जो मैलेँ गरेको छु, त्यही १ सय प्रतिशत गर्न चाहन्छु । मलाई कुनै कुरामा पश्चाताप छैन् । मैले जीवनमा जे पनि गरेँ । आज त्यसैका कारण यो ठाउँमा छु ।

भारतीय गृहणीहरु तपाईको चर्चा देखेर तर्सन्छन् । तपाईलाई लिएर गलत धारणा राख्छन् । तपाईको कारणले आफ्ना पतिसँग असहज महसुस गर्छन् ?

भारतीय गृहणीहरु मसँग डराउनु जरुरी छैन् । म कसैको श्रीमान छिन्ने मान्छे होइन । मेरा पनि पति छन् । उनी हट, सेक्सी र ट्यालेन्ट छन् । त्यसैले मलाई अरु कसैको पतिसँग केही गर्नु छैन् ।

सामाजिक सञ्जालमा आक्रोश

लगभग २० मिनेटको यस अन्तरवार्ताका दौरान सनी लियोनलाई उनको पोर्न इमेजका कारण गिराउने कोसिस गरिएको थियो । यो अन्तरवार्ता प्रशारणमा आएसँगै ऋषि कपूर, सुशान्त सिंह, राजपूत लगायत थुप्रै कलाकार सनीको समर्थनमा आए । उनीहरुले अन्तरवार्ता लिने व्यक्ति असभ्य रहेको उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप