नेपाल–चीन उड्डयन सहकार्य
काठमाडौं–सरकारले मुलुकको हवाई सुरक्षा विश्वासिलो बनाउनका लागि अन्तर्राष्ट्रिय र घुरेलु विमानस्थल दुबैलाई बलियो बनाएर लैजाने तयारी गरेको छ ।
सिन्हवा समाचार समितिले आज यहाँ आयोजना गरेको ‘नेपाल–चीनबीचको उड्डयन सहकार्यः अवसर र चुनौती” विषयक गोष्ठीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले अन्तर्राष्ट्रिय विमानस्थलका साथै घरेलु विमानस्थललाई पनि बलियो बनाउने सरकारको तयारी भइरहेको बताएका छन् ।
हाल एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले पोखरा विमानस्थल, गौतमबुद्ध विमानस्थल र निजगढ विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने सरकारको तयारी रहेको मन्त्री पोखरेलले जानकारी दिए । “पोखरा विमानस्थल निर्माण दुई देशको सम्बन्धको सेतु हो” उनले भने । विमानस्थल निर्माणका लागि चीन सरकारले रु दुई अर्ब २० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ ।
विगतमा आन्तरिक उडानका लागि चीन सरकारले एम ६० र वाई १२ जहाज अनुदानमा दिएको छ । ‘एम ए छ’ एउटा र वाई १२ को तीनवटा गरी चारवटा जहाज चीनबाट ल्याउने तयारी भइरहेको छ । मन्त्री पोखरेलले चीनबाट चारवटा विमान निकट भविष्यमै ल्याउने र १७ वटा घरेलु विमानस्थल निर्माणको काम पनि वैखाशसम्म निर्माण पूरा गरेर विमानस्थल सञ्चालन गरेर यात्रुलाई टिकट नपाउने अवस्थाको अन्त्य गर्ने बताए ।
नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले नेपाल–चीनबीचको सहयोग एक–अर्कामा राम्रो भएको भन्दै नेपालको सामाजिक र आर्थिक विकासका लागि निरन्तर सहयोग हुने विश्वास व्यक्त गरे । नेपाल नागरिक उड्डयन प्राधिरकणका प्रबन्ध निर्देशक सञ्जिव गौतम, एयरलाइन्स एसोसिएसन अफ नेपालका अध्यक्ष रामेश्वर थापालगायतले नेपालमा पर्यटन उद्योगको विकासका लागि हवाईसेवा पर्याप्त हुनुपर्नेमा जोड दिए ।
सिन्हवा समाचार समिति काठमाडौँ ब्युरोका प्रमुख झाउ सेङपिङले नेपाल–चीनबीचको पर्यटन विकासमात्र नभई आर्थिक र सामाजिक विकासमा पनि उड्डयन सहकार्य महत्वपूर्ण भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण