उपत्यकाको शान्ति सुरक्षा सुधार गर्न जोड
काठमाडौँ– विभिन्न क्षेत्रका व्यक्तिले पछिल्ला केही वर्षमा राजधानी उपत्यकाको शान्ति सुरक्षामा सुधार आए पनि जनअपेक्षाबमोजिम त्यो अझै अपर्याप्त रहेको बताएका छन् ।
महानगरीय प्रहरी कार्यालयले आज यहाँ गरेको अन्तक्र्रिया कार्यक्रमका वक्ताले प्रहरीले जनतालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिएर उनीहरुको विश्वास जित्नुपर्ने बताए ।
‘उपत्यकाको वर्तमान शान्ति सुरक्षा र जनअपेक्षा’ विषयको अन्तक्र्रियामा उनीहरुले पछिल्लो समयमा भूकम्पपीडितको उद्धार, फुटबलमा भएको खेल मिलेमतो, कालोबजारी नियन्त्रणलगायतका क्षेत्रमा काम गर्ने प्रहरीलाई राज्यले पुरस्कृत गर्नसके समग्र सङ्गठनको मनोबल बढ्ने बताए ।
अन्तक्र्रियामा सांसद नवीन्द्रराज जोशीले बढ्दो सहरीकरणसँगै नयाँ प्रविधि प्रयोग गर्ने अपराधी बढेकाले त्यसको सामना गर्न प्रहरी प्रशासनमा प्रविधिको व्यापकरुपमा विकास गर्न जरुरी रहेको बताए ।
गृह मन्त्रालयका सहसचिव यादव कोइरालाले प्रहरीलाई अत्याधुनिक बनाउने योजनामा मन्त्रालय रहेको बताउँदै त्यसका लागि आन्तरिक रणनीति निर्माण भइरहेको जानकारी दिए ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले राजधानी उपत्यकामा पूर्ण शान्ति सुरक्षाको प्रत्याभूति गराउन तीनवटै जिल्लाबीच समन्वय भई काम अघि बढिरहेको बताए ।
सांसदहरु उदय शमशेर राणा, प्रेम सुवाल, ध्यानगोविन्द रञ्जित, राजेन्द्रकुमार केसी, चन्द्र मानन्धर, प्रेम सुवाललगायतले शान्ति सुरक्षासम्बन्धी विषय व्यवस्थापिका–संसद्मा उठाउने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह, महिला अधिकारवादी सपना मल्ल प्रधान, सुन व्यवसायी मणिरत्न शाक्य, पत्रकार विकास थपलियालगायतले कालोबजारी नियन्त्रण गर्न प्रहरीको अझ व्यापक भूमिका हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा महानगरीय प्रहरी आयुक्त प्रतापसिंह थापाले सीमित स्रोतसाधन र अपर्याप्त जनशक्तिका बाबजुद प्रहरी सङ्गठन सुरक्षित उपत्यका बनाउने लक्ष्यका साथ अघि बढेको बताए । उनका अनुसार करिब ४० लाखभन्दा बढी जनसङ्ख्या रहेको उपत्यकामा हाल ११ हजार ६४८ मात्र प्रहरी जनशक्ति कार्यरत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण