सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

श्रीमान नभएको मौका छोपी सौतेनी आमाले मारिन् २ भाई छोरा

बुधबार, ०६ माघ २०७२, १८ : १४
बुधबार, ०६ माघ २०७२

काठमाडौं–गुल्मीको हाडहाडेमा २ नाबालकको हत्या भएको छ । हाडहाडे–९ निवासी नरेन्द्र पुनका २ नाबालक छोराहरु ७ वर्षका अनिष पुन र ५ वर्षका मनिष पुनको आफ्नै घरमा हत्या भएको हो । घरमा सौतेनी आमा २१ वर्षीया शान्ता पुन र २ भाई मात्र रहेका थिए । बुधबार बिहान ९ बजेतिर शान्ताले प्रहरीलाई फोन गरेर २ भाई करेण्ट लागेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् । तर, जानकारी पाएपछि नयाँगाउँ प्रहरी चौकीबाट गएको प्रहरी टोलीले उनीहरुको मृत्यु नभई हत्या भएको ठहर गरेको थियो । सौतेनी आमाले नै हत्या गरेको भन्दै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवीन्द्र रेग्मीले बताए । ‘हत्या नै हो, कसरी भयो भन्ने विषयमा अनुसन्धानका लागि सौतेनी आमालाई नियन्त्रणमा लिएका छौँ ।’ उनले भने, ‘अनुसन्धानपछि सबै कुरा खुल्ने छ ।’ ती नाबालका आमा अर्कैसँग पोइला गएपछि पुनले शान्तालाई दोस्रो श्रीमतीको रुपमा भित्र्याएका थिए । पुन अहिले रोजगारीको लागि भारतमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप