माघ २८ देखि विराट गोल्डकप फुटबल हुने
मोरङ–आगामी माघ २८ गतेदेखि विराटनगरको सहिद रङ्गशालामा विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
आज विराटनगरमा विराट गोल्डकप टुर्नामेन्ट—२०७२ आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।
माघ २८ देखि आयोजना हुने प्रतियोगिताका लागि नेपालका टिमसँगै भारत, बङ्गलादेश, भुटान तथा सिक्किमका गरी १० टिम सहभागी हुने आयोजकको दाबी छ । आयोजक समितिका संयोजक राजेन्द्र राउतले विजेताले रु पाँच लाख एक हजार नगदसहित कप र गोल्ड मेडल तथा उप–विजेताले रु तीन लाख एक हजार नगद तथा सिल्भर मेडल प्राप्त गर्ने जानकारी दिए ।
प्रतियोगिताका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल टिमसहित थ्री स्टार क्लब, झापा—११, भुटान—११, मोरङ—११, हुन्डाइ, मनाङ मस्र्याङ्दी, जर्ज टेलीग्राफ भारत, बङ्गबन्धु बङ्गलादेश र युनाइटेड सिक्किम फुटबल क्लब सहभागी हुने आयोजकको दाबी छ ।
करिब रु ७५ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि टिकटको बिक्रीबाट केही र प्रायोजकले रु २० लाख जुटाउने छन् । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्स, फेयर प्ले टिमसहित नौ शीर्षकमा पुरस्कार दिइने पत्रकार सम्मेलनमा जाकारी दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण