नौ महिनापछि विश्वविद्यालयको ताला खुल्यो
दाङ– नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुन्डीमा गरिएको तालाबन्दी नौ महिनापछि खुलेको छ ।
विभिन्न माग राख्दै कर्मचारी, विद्यार्थी र प्राध्यापक सङ्गठनले लगाएका छवटै ताला आजबाट खुलेका छन् । विश्वविद्यालयको वार्ता समिति र आन्दोलनरत पक्षबीच भएका वार्ता र छलफलपछि तालाबन्दी खुलेको विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक रमेशप्रसाद ढकालले जानकारी दिए ।
विश्वविद्यालयका वार्ता टोली संयोजक एवम् शिक्षाध्यक्ष ढकाल नेतृत्वको वार्ता टोली, राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष जर्मन चौधरी र राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष कमल पोख्रेल नेतृत्वको वार्ता टोलीबीच भएको वार्तामा विश्वविद्यालयको चौतर्फी विकासका लागि सहकार्य गर्दै अघि बढ्ने सहमति भएपछि ताला खुलेको ढकालले जानकारी दिए ।
ताला खुलेपछि आजदेखि विश्वविद्यालय केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक काम सञ्चालन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण