मोर्चालाई वार्तामा आउन उपप्रधानमन्त्री रावलको आग्रह
काठमाडौँ–उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राखेका माग पूरा गर्न सरकार पूर्ण प्रतिबद्ध रहेकाले मोर्चालाई वार्तामा आउन आग्रह गरेका छन् ।
न्यूरोडस्थित समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाको आज यहाँ उद्घाटन गर्दै मन्त्री रावलले भने– “हिजो अचानक मोर्चाले कार्यदलसँग वार्ता नगर्ने भन्ने जानकारी गरायो । यो दुःखद् कुरा हो । सरकार जुनसुकै तहमा वार्ता गर्न तयार रहेकाले मोर्चा भाग्नु पर्दैन ।”
रक्षामन्त्री रावलले चीनसँग प्रधानमन्त्री तहमा नै व्यापार सम्झौता हुन लागेको जानकारी दिँदै चीनसँग जोडिएका सबै नाका सहज बनाएर प्रधानमन्त्री तहमा छिट्टै सम्झौता हुने दाबी गरे ।
सहकारीका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीले मुलुकको समृद्धि, विकास र गरिबी निवारणमा ठूलो योगदान गरेको चर्चा गर्दै सहकारीलाई जोगाउने दायित्व सरकारको पनि रहेको बताए ।
संस्थाका सचिव जगत साउदले शिक्षा, स्वास्थ्यका साथै नवउद्यमीलाई प्रोत्साहन दिन संस्थाको स्थापना गरिएको बताउँदै सहकारीको रु पाँच करोड सेयर पुँजी रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण