पाँचथरमा विद्यतु सट भई आगलागी हुँदा लाखौं क्षति, एक घाइते
पाँचथर– स्थानीय ओलेन–९ मा आज दिउँसो आगलागी हुँदा करिव रु ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
स्थानीय पदमप्रसाद मुखियाको घरमा सोलारको विद्युत् चुहिएर आगलागी हुँदा तीन वटा घर, दुई वटा होटल र तीन वटा पसल जलेर नष्ट हुँदा ७२ लाख २० हजार रुपैयाँको क्षति भएको छ ।
आगलागीबाट पदमप्रसादको तीनतल्ले कच्ची घर, घरमा भएको लत्ताकपडा, अन्नपात र भाडावर्तनको सामान जल्दा रु ४० लाखको क्षति भएको छ । यस्तै जयकृष्ण मुखियाको रु १० लाखको क्षति भएको छ ।
जोगरानी राईको रु छ लाख र पदमप्रसादको घरमा डेरा गरी बस्ने छत्र फियाकको रु तीन लाख ५० हजारको सामान तथा रु ७० हजार नगद जलेर नष्ट भएको हो ।
यस्तै जय फियाकको इलेक्ट्रोनिक्स मोबाइल पसल जल्दा रु तीन लाख र उनकै घरमा सञ्चालनमा रहेको होटल जल्दा रु एक लाखको क्षति, जोगवनी राईको घरमा सञ्चालनमा रहेको होटल एन्ड लज जलेर नष्ट हुँदा रु दुई लाख र सोही घरमा हार्डवेयरको पसल जल्दा रु छ लाख बराबरको क्षति भएको छ ।
आगलागी इलाका प्रहरी कार्यालय र प्रहरी चौकी दशमीबाट खटिएको टोली र स्थानीयको सक्रियतामा एक घन्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीमा परी स्थानीय जयकृष्ण मुखिया घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण