सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

भूकम्पलाई अवसरको रुपमा लिँदै किशोरीहरु बिजुलीको काममा

बुधबार, ०६ माघ २०७२, १८ : ३७
बुधबार, ०६ माघ २०७२

सिन्धुली – तिव्र गतिमा विस्तार भइरहेको विद्युतिकरण र भूकम्पको कारण क्षतविक्षत भएको संरचनामा पुर्नसंरचना गर्ने चरणको मौकाको फाइदा उठाउँदै विभिन्न गाविसका किशोरीहरुले हाउस वायरिङ पेशामा सहभागि भएका छन् । भूकम्प प्रभावित कपिलाकोट, महादेवस्थान, मझुवा, निपाने र हत्पत गाविसका किशोरीहरुले यो पेशा अंगालेका हुन् । विभिन्न कारण बीचमा नै विद्यालय छाडेका किशोरीहरु हाउस वायरीङ सम्बन्धि २ महिने तालिम लिएर बिजुलीको काम गर्न इच्छुक भएका छन् । विपन्न समुदायका विभिन्न कारण बीचमा नै विद्यालय छाडेका किशोरीहरुले विकल्पको रुपमा बिजुलीको कामलाई लिएका हुन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा मानव तथा राष्ट्रिय विकास समाज (हेन्ड्स नेपाल) सिन्धुलीले सञ्चालन गरेको किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालन भएको दुई महिने हाउस वायरिङ सम्बन्धि तालिममा सहभागि भएपछि यो पेशामा सहभागि भएका हुन् । तालिममा १० जना विपन्न समुदायका तथा बीचैमा पढाई छाडेका किशोरीहरु सहभागिता रहेका छन् । ‘पारिवारको आर्थिक अवस्थाको कारण नै पढाई छाडियो जीवन गुजाराको विकल्प खोजिरहेको थिए, यो तालिम लिन पाए, हाम्रो समुदायमा पुरुषहरुले गर्ने काम भनिन्थ्यो, अब हामीले तरेर परिवारको आर्थिक समस्या समाधान गर्न सक्षम भएको छु’ तालिममा सहभागि धनमाया योञ्जनले भने । बुधवार सिन्धुलीमाढीमा भएको तालिम समापन कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीको प्रमुख उद्योग विकास अधिकृत नारायण प्रसाद कोइरालाले भूकम्पले भत्काएको संरचना पुर्नसंरचना गर्ने यो अवस्थामा किशोरी बहिनीहरुको सीपको ठूलो आवश्यकता रहेको बताए । कार्यक्रममका प्रमुख अथिति कोइरालाले महिलाहरुको सशक्तिकणको माध्यम भनेको नै उनीहरुको क्षमता विकास र आर्थिक क्रियाकलापमा सहभागिता भएकोले यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बतए । कार्यक्रममा प्लान इन्टरनेश्नल नेपाल सिन्धुलीको सञ्जिवकुमार राईले शुभकामना मन्तव्य राखेका थिए । बालिका सशक्तिकरण परियोजना अन्तर्गत विभिन्न तालिममार्फत १ सय ८५ जना किशोरीहरुलाई सीपमुलक तालिममार्फत आर्यआर्जनमा सहभागि गराइसकेको आयोजक संस्थाको कार्यक्रम संयोजक रञ्जिता थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप