सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नेयमारको गोलको मद्दतले बार्सिलोनालाई पहिलो लेगमा अग्रता

बिहीबार, ०७ माघ २०७२, ०९ : २८
बिहीबार, ०७ माघ २०७२

बिल्बाओ – ब्राजिलियन स्टार नेयमारको गोलको मद्दतले बार्सिलोनाले एथलेक्टिक बिल्बाओलाई कोपा डेल रेको क्वाटरफाइनलको पहिलो लेगमा पराजित गरेको छ । बिल्बाओको घरेलु मैदान सान मामेजमा भएको खेलमा बार्सिलोना २–१ गोलअन्तरले पराजित गर्यो । बार्सिलोना निम्बित लुइस सुवारेज र लियोनेल मेस्सी बिना मैदानमा उत्रेको थियो । तर, खेलको २५ मिनेटभित्र बार्सिलोनाले दुई गोलको अग्रता बनायो । मुनिर एल हडाडीले इभान र्याकिटचको क्रसमा गोल गरे भने नेयमारले बार्साको अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर बिल्बाओका आरिटिज अडुरिजले गोल गर्दै बार्सिलोनाको अग्रता घटाए । अर्को लेग बुधबार बार्सिलोनको गृहमैदानमा हुनेछ । लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिड सेल्टाभिगोसँग गोलरहित बराबरीमा रोकिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप