सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

टोटनहम र लिभरपुल एफए कपको अर्को चरणमा

बिहीबार, ०७ माघ २०७२, ०९ : ४२
बिहीबार, ०७ माघ २०७२

लिचेस्टर – यसपटकको प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको लिचेरस्टर सिटीलाई पराजित गर्दै टोटनहम हटस्पर एफए कपको चौंथो चरणमा प्रवेश गरेको छ । बुधबार राती सम्पन्न खेलमा टोटनहमले लिचेस्टरलाई २–० गोलअन्तरले पराजित गर्यो । स्पर्सलाई जीत दिलाउने क्रममा सोन होङ–मिनले उत्कृष्ट गोल गर्दै खेलको ३९ औं मिनेटमा अग्रता दिलाए । दोस्रो हाफमा नासेर चाल्डीले टोटनहमको अग्रता दोब्बर बनाए । नर्थ लण्डन क्लबले अब लिग वान टोली कोल्चेस्टर युनाइटेडको सामना गर्नेछ । उता, लिग टु टोली एक्सेटरलाई पराजित गर्दै लिभरपुल पनि एफए कपको अर्को चरणमा प्रवेश गरेको छ । जो एलनले लिभरपुललाई खेलको १० औं मिनेटमा नै अग्रता दिलाए । त्यसपछि खेलको अन्तयतिर सेई ओजो र जाओ टेक्सेरियाले गोल गर्दै लिभरपुललाई सहज ३–०को जीत दिलाए । लिभरपुलले अब वेस्ट ह्यामको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप