सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

रियल म्याड्रिड विश्वकै धनी फुटबल क्लब

बिहीबार, ०७ माघ २०७२, ०९ : ५७
बिहीबार, ०७ माघ २०७२

म्याड्रिड – रियल म्याड्रिडले विश्वको २० धनी क्लबको लिगमा लागातार ११ औं पटक शीर्ष स्थान ओगट्न सफल भएको छ । डेलिलोइटले जारी गर्ने फुटबल मनी लिगमा सन् २०१४–१५ सिजनमा गरेको आयआर्जनको आधारमा रियल शीर्ष स्थानमा रहेको सफल भएको छ । गत सिजन शीर्ष २० क्लबको संयुक्त आय ८ प्रतिशतले बढ्दै ५.१ बिलियन पाउण्ड पुगेको छ, जुन नयाँ रेकर्ड पनि हो । रियलले गत सन् २०१५ को जुन ३० सम्म ४ सय ३९ मिलियन पाउण्ड आय आर्जन गरेको छ । क्लबको आयमा २७.५ मिलियन युरोले बढेको र कमर्सियल रेभेन्यु मात्र २२.७ मिलियन युरोले बढेको छ । रियलको चिर प्रतिद्वन्द्वी बार्सिलोना दोस्रो स्थानमा रहेको छ भने म्यान्चेस्टर युनाइटेड तेस्रो स्थानमा झरेको छ । चौंथो र पाँचौं स्थानमा पेरिस सेन्ट जर्मेन र बायर्न म्युनखि रहेका छन् । त्यसपछि छैटौंदेखि नवौं स्थान सबै इंग्लिस क्लबहरुले ओगटेका छन् जसमा क्रमशः म्यान्चेस्टर सिटी, आर्सनल, चेल्सी र लिभरपुल रहेका छन् । लिगको दशौं स्थानमा इटालियन क्लब युभेन्टस रहेको छ । नव प्रवेशीको रुपमा वेस्ट ह्याम २० औं स्थानमा पर्न सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप