सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

ट्याक्सीलाई जोरविजोर आधारमा दुई दिन तेल दिइने

बिहीबार, ०७ माघ २०७२, १५ : २५
बिहीबार, ०७ माघ २०७२

काठमाडौं – इन्धन आपूर्ति बढ्न थालेपछि नेपाल आयल निगम लिमिटेडले भाडाका ट्याक्सीहरु र हरियो प्लेटका ट्याक्सीहरुलाई पेट्रोल उपलब्ध गराउने भएको छ । भाडाका ट्याक्सीहरुलाई सोमबार जोर नम्बर र विहिबार विजोर नम्बर प्लेटका आधारमा निगमले तेल वितरण गर्ने जनाएको छ । भाडाका ट्याक्सीहरुले नेशनल ट्रेडिङ लि. टेकु, महालक्ष्मी बसुन्धारा, इन्द्रायणी, सानेपा र हलचोक फ्यूल गरी चार वटा पेट्रोल पम्पबाट तेल प्राप्त गर्न सक्नेछन् । हरियो प्लेटको ट्याक्सीहरुलाई पनि हप्ताको दुई पटक आइतबार र बुधबार तेल वितरण गरिने निगमले जनाएको छ । हरियो प्लेटका लागि गृहेश्वरी फ्यूल सेन्टर ठिमीबाट पेट्रोल उपलब्ध गराईने छ । प्रतिपालो दश लिटर पेट्रोल उपलब्ध गराइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप