निगमले अनुमति नदिएपनि पर्सीबाट भरी सिलिण्डर ग्यास बाँडिने : महासंघ
काठमाडौं – ग्यास उद्योग महासंघका अध्यक्ष शिवप्रसाद घिमिरेले सरकारले अनुमति नदिएपनि दुई–तीन दिनभित्र भरी सिलिन्डर गयास बाँड्ने बताएका छन् । आधा सिलिण्डर ग्यास वितरण गर्दा लागत बढेको र उपभोक्तालाई पनि असहज भएकोले पूरा सिलिण्डर वितरणको अनुमति दिन सरकारलाई लिखित आग्रह गरिसकेको जानकारी दिँदै घिमिरेले सरकारले वास्ता नगरे दुई तीन दिनभित्र पूरै सिलिण्डर वितरण गर्ने बताए । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने, ‘पछिल्लो दुई–तीन सातामा मागको ४० प्रतिशत ग्यास आयात भएको छ । आधा सिलिण्डर ग्यास वितरण गर्दा ढुवानी, उत्पादन खर्च बढेको छ । सरकारले त्यो बढेको खर्च दिने हो भने मात्रै हुन्छ नभए हामी पुरा सिलिण्डर वितरण गर्न थाल्छौ । हामीले आन्तरिक रुपमा निर्णय गरिसकेका छौ ।’ घिमिरेले माग र आपूर्तिवीचको खाडल ठूलो हुँदा गलत मान्छेले फाइदा उठाउने सम्भावना बढेको भन्दै यसलाई नियन्त्रण गर्न सरकार निरिह बनेको र उपभोक्ताहरु पनि सचेत नभएको गुनासो गरे । कम ग्यास आएको भन्ने गुनासोमा उनले प्रत्येक डिलरले तराजु राख्नु पर्ने र उपभोक्ताले पनि तौलेर मात्र लिने बानी बसाए त्यसको समस्या हुने दावी गरे । उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईले सरकार आफैले बजारमा विकृत ल्याउने र कालाबजारीलाई साथ दिईरहेको भन्दै सरकारले जे उपलब्ध छ त्यसको न्यायोचित वितरण गर्नु पर्ने धारणा राखे । उनले नियमनकारी निकाय असक्षम हुँदा मुलुकमा कालोबजारी बढेको भन्दै अहिलेको अवस्थामा राज्य संयन्त्र नै असफल भएको दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण