सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सौतेनी आमाको निर्मम बयान : एउटा छोरोलाई विष खुवाएर मारें, अर्कोलाई मुख थुनेर

शुक्रबार, ०८ माघ २०७२, १६ : २६
शुक्रबार, ०८ माघ २०७२

गुल्मी – गुल्मीको हाडहाडे गाविसमा एक महिलाले सौताका दुई छोराको हत्या गरेको पुष्टि भएको छ । माघ ५ गते करेन्ट लागेर मृत्यु भएका भनिएका दुई बालकको सौतेनी आमा हाडहाडे ९ ढिकीचौरकी २५ वर्षिय शान्ता पुनले हत्या गरेको प्रमाणित भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले बताएको छ । कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुरा बताएको हो । पुनले आफ्नी जेठी सौतापट्टीका छोराहरु ७ वर्षीय बिबेक पुनको बेलुका विष सेवन गराई हत्या गरेको र ५ वर्षिय बिक्रम पुनको विहान मुख थुनेर हत्या गरेको स्विकारेकी गरेकी हुन् । हत्या अभियोगी पुनले बयानमा आफ्ना श्रीमान् गत १० महिनादेखी वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा रहेको, जेठीसौताका छोराहरुले जताततै पसलहरुमा उधारो माग्दै खाँदै हिँडेको, उनीहरुले खाएको ऋण तिर्न गाह्रो भएको, आफूले लुकाएर राखेको ५ सय रुपैयाँ चोरेर लगेको र चाउचाउ किनेर खाएको रिसमा आफूले तीन महिना अघि उनीहरुलाई मार्ने योजना बनाएकोमा अहिले हत्या गरेको बताएकी छन् । उनले ३ महिना अघि लिएर आएको मुसाको विष खानासँगै खुवाएर बिकेकको हत्या गरेपछि रातभरि आफूलाई छटपटी भएको र बिहान उठेर फेरी बिक्रमको मुख थुनेर हत्या गरेको पनि बताएकी छन् । उनले बयानको क्रममा दुबैको हत्यापछि दुबैको पालैपालो लास उठाई घरको पश्चिम खाली जमिनमा राखेको र मिटरको एमसिबिको तार फुस्काई करेन्ट लागेर मरेको वहाना बनाउन तार उनीहरुको शरिरमा छुवाईदिएको बताएकी छन् । त्यसपश्चात छोराहरु करेन्ट लागेर मरेको भन्दै रोईकराई गरेको र छिमेकीहरुले थाहा पाएपछि उनीहरुले नै प्रहरीलाई खबर गरेको उनले बयान दिएकी छन् । अभियुक्त पुन बिरुद्ध ज्यान मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन् । बालकका बाबु रोजगारीको शिलशिलामा भारतमा रहेको बेला बालककी आमा ३ वर्ष अघि पोइल गएकी थिईन । त्यसपश्चात भारतमा काम गर्ने आफ्नो साहुको सहयोगमा साउदी अरब पुगेका बाबु गतसाल विदामा नेपाल फर्किदा छोराछोरीको रेखदेखको लागी भनेर कान्छी श्रीमती शान्ता पुनलाई घर भित्र्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप