युबा संघको आरोप : रंगेली घटनाका योजनाकार राजेन्द्र महतो
काठमाडौं - युबा संघ नेपालले रंगेली घटनाका योजनाकार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो हात रहेको दाबी गरेका छन् । युवा संघ नेपालको कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गर्दे सो आरोप लगाएको हो । ‘घटना राजेन्द्र महतो र सदभावाना पार्टीका नेताकार्यकर्ता प्रत्यक्ष ग्राण्ड डिजाईनमा घटाएको हो,रंगेली घट्नाको सम्पूर्ण दोषी महतोले नै लिनुपर्छ । महतोले सार्बजानिक रुपमै गौर घटना घटाउँछु भन्दै हिँडेका थिए,’ युबा सघं नेपालका अध्यक्ष राजिब पहारीले पत्रकार सम्मेलनमा भने ।
हिजो भएको रंंगेली घटनालाई लिएर यूबा सघ नेपालको गभ्भिर ध्यानाकर्षण भएको युवा संघले जनाएको छ । एक महिनादेखी मधेश सम्बाद तथा जागरण कार्यक्रममा अन्तर्गत हिजो मोरुङको रंगेलीमा आयोजित कार्यक्रममा मोर्चाका कार्यकर्ताबाट कार्यक्रम विथोल्ने र हिसात्मक परिस्तिथी सृजना गराएकोमा मधेशी मोर्चाका कार्यकतालाई सरकारले तत्काल कार्हबाही गनुपर्ने संघले माग गरेको छ । पहारीले घटनाबारे स्पष्टिकरण दिँदै भने, ‘हामीले ‘सामाजिक सद्भाव र राष्ट्रिय एकता’ भन्ने मुल नाराका साथ मधेस जागरण अभियान पुसदेखि नै शुरु गरेका थियौं । खास गरी मधेसका जनतालाई संविधानमा भएका कुरा बुझाउन र मधेसका अधिकारका बारेमा अभियान संचालन गरेका हौ । देशका २१ जिल्लाहरुमा त्यो अभियान जारी छ । र युवासंघका पदाधिकारीहरुलाई त्यो अभियानका क्रममा २१ जिल्लामा खटाइएको छ । त्यही जागरण अभियान अन्तर्गतको हिजो मोरङको रंगेलीमा युवासंघले सभा गरेको हो । मधेसी समुदायको अत्यधिक बाहुल्यता रहेको रंगेलीमा हामीले एक महिना पहिल्यै नै सभा गर्ने भनेर घोषणा गरेका थियौ । हामीले रंगेलीमा नै कार्यक्रम किन ग¥यौ भने त्यस ठाउँका जनता धेरै मधेस समुदायका छन् र तिनीहरुलाई संविधान भएको अधिकारको बारेमा जानकारी गराउन कार्यक्रम गरेका हौ । तर दुर्भाग्य त्यही हाम्रो जनसभामा झडप हुँदा ३ जना अनाहकमा निर्दोषले ज्यान गुमाउनु प¥यो ।’ लोकतन्त्रिक व्यवस्थामा आफ्नो विचार र अभिव्यक्तिहरु निर्बाद रुपमा राख्न पाउनु सम्पूर्ण दल संघठनको नैसर्गिक अधिकार भएको भन्दै मधेश आन्दोलनको नाममा माधेशी मार्चाले कुन्ठित गरेको अरोप उनले लगाए । पहरी भने, ‘मधेशी मार्चाले मधेशमा अरु दलहरुलाई कार्यक्रम गर्न नदिने जनता सामु आफ्ना कुरा राख्न नदिने मधेशी मार्चा जुन प्रवृत्ति अत्यन्तै निन्दनिय छ ।
पहारीको बयानमा यसरी भयो घटनादिउँसो १ बजेबाट कार्यक्रम राखिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली जाने निश्चित भएपछि अन्तिम समयमा आएर उहाँ विशेष कारणले जान सक्नु भएन । काठमाडौमा नै मधेसी दलसंग वार्ता गर्ने भनेपछि सभामा उपस्थित हुन सक्नु भएन । महासचिव इश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल र स्थायी कमिटी सदस्य शंकर पाखरेल सहभागि हुनु भएको थियो । कार्यक्रम स्थल जाँदा हामीलाई कटारीदेखि डायरीसम्म ठाँउ ठाँउमा अवरोध गरेका थिए । प्रहरीले हामीलाई अवरोध छिचोल्दै कार्यक्रम स्थल पु¥याएको थियो । हाम्रो कार्यक्रमलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले २–४ दिनदेखि नै असफल बनाउन लागि परेका थिए । तर उनीहरुको असफल बनाउन सकेनन् । हिजो विहानदेखि नै उनीहरु हाम्रो कार्यक्रमलाई विथोल्न प्रयास गरिरहेका थिए । ठूलो प्रतिकुलका माझँ हाम्रो सभासम्पन्न भयो । हामीले १ बजे कार्यक्रम आयोजनाको समय राखेका थियौ । सवै पार्टी र नागरिक समाजलाई वोलाएका थियौ । तर मधेस केन्द्रीत दलबाट कोही आएनन् । नागरिक समाजबाट भने आएका थिए । हाम्रो कार्यक्रम स्थल भन्दा ५ सय मिटर पछाडि मधेसी मोर्चाले विरोध सभा राखेको थियो । बीचमा बसेर प्रहरीले सुरक्षा दिइरहेका थिए । हाम्रो कार्यक्रम सुरु हुनसाथ उनीहरु हुलदंगा गर्दै हामीतिर आउन खोजे । प्रहरीको हामी र उनीहरु बीचमा घेरा थियो । जव म बोल्ने थाले अनि मोर्चाका कार्यकर्ताले प्रहरीको घेरा तोडेर हामी तिर आउन थाले । अनि प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको थियो । प्रहरीले रोक्न खोज्दा उनीहरुबाट नै शुरुमा फाइरिङ भयो । अनि प्रहरीले हामीतिर आइरहेको भीडलाई नियन्त्रण लिन जवाफी फाइरिङ गरेको हो । त्यही फाइरिङमा ३ जनाको ज्यान गएको हो । त्यो घटना राजेन्द्र महतोले घटाएका हुन् । सम्पूर्ण घटनाको दोषी महतो हुन् । उनीले हाम्रो कार्यक्रममा गौर घटना घटाउँछु भन्दै थिए । हाम्रो चाहना कुनै पनि व्यक्ति पार्टीको विरोध गर्ने थिएन । प्रहरीले फाइरिङ गरेपछि जुन घटना भयो । त्यसपछि मोर्चा कार्यकर्ता देखिएनन । अनि हामीले आफ्नो सभा सुचारु गरयौ । हाम्रो कार्यक्रममा ७ हजारभन्दा बढिको उपस्थिति थियो । उनीहरु मुस्किलले २ सय थिए । यहि प्रहरीले फाइरिङ गरेर नरोकेको भए झन् ठूलो घटना हुने थियो । प्रहरीले फाइरिङ गरेपछि उनीहरु आउन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण