नक्कली डिआईजीबाट यसरी ठगिए गोरखाका ११ युवा (भिडियोसहित)
काठमाडौं– ‘हेलो सर, तपाई डिआइजी कमल सिंह बम हैन ? खोई त मैले पैसा बुझाएको धेरै भैसक्यो, मेरो नाम इन्सपेक्टरमा कहिले निस्किन्छ ?’ अपरिचीत नम्बरबाट यस्तो आवाज सुनेपछी डिआईजी कमल सिंह बमले आश्चर्य मान्दै उत्तर दिए, ‘तपाई फस्नुभएछ, मैले इन्सपेक्टर बनाउन भन्दै पैसा लिएको छैन ।’ डिआईजीले यस्तो उत्तर दिएपछि गोरखा गुम्दाका वीर बहादुर गुरुङ छाँगाबाट खसेजस्तै भए । डिप्लोमा सम्म अध्ययन गरेका गुरुङलाई त्यसअघी नै अलि–अलि शंका त लागेको थियो, तर सक्कली डिआईजीसँग कुरा भएपछि मात्रै उनी आफु ठगिएको प्रस्ट भए । कमल सिंह बम र जय बहादुर चन्दका पिए बनेर अनुसन्धान निरीक्षक र सहायक निरीक्षक बनाईदिन्छु भन्दै भेटघाट गर्ने र पैसा असुल गर्नेहरुबाट वीरबहादुर मात्रै ठगिएनन्, गोरखा जिल्लाका ११ युवाहरु ठगिएका छन् ।
[caption id="attachment_27312" align="alignleft" width="840"] ठगिएका गोरखाका ११ जना युवाहरु[/caption]गोरखाको उत्तरी क्षेत्र गुम्दा, कासिगाउँ, केरौजा र दुमी गाविसका युवाहरुलाई कालिकोटका सतल महतरा, नेत्र बहादुर शाही र गोरखाकै विकाश गुरुङले प्रहरी हेडक्वार्टरको विशेष निर्णयको नक्कली पत्र देखाएर बिना प्रतिस्पर्धा जागीर लगाइदिन्छौँ भन्दै लाखौँ ठगेका थिए । यसरी नक्कली डिआईजी बनेर ठगी गर्ने तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । ‘उनीहरुले अनुसन्धान निरिक्षकको लागी ७ लाख र सहायक निरीक्षकको लागी ५ लाख लिएको पाईयो’ महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भने, ‘प्रहरी प्रमुखहरको मिटिङले जागिर दिने निर्णय गरेको भन्दै युवाहरुलाई फसाएको पाइयो ।’ कालिकोट स्थायी घर भएका सतल महतरा गोरखा आउने जाने गरिरहन्थे । महतराको ससुराली गोरखा हो । ससुराली आउँदा जाँदा वीर बहादुर गुरुङले महतरालाई भेटेका थिए । विरबहादुरलाई भेटेपछी राष्ट्रिय अनुसन्धानमा जागीर खाने र खुवाउने चक्कर शुरु भएको थियो । डिप्लोमा सम्म अध्ययन गरेका वीर बहादुरलाई महतराले प्रस्ताव गरे, ‘अनुसन्धानमा इन्सपेक्टरको लागी भ्याकेन्सी खुलेको छ, जागीर खाने हो ?’ अचानक आकर्षक जागिरको प्रस्ताव आएपछी विर हादुरले सोधे, ‘डिप्लोमा पास गरेको सर्टिफीकेट निकाल्न पाएको छैन, आईएको सर्टिफीकेट पेश गरे पनि हुन्छ ?’
महतराले ‘डिप्लोमा पास गरेको सर्टिफिकेट पछि बुझाए पनि हुन्छ, अहिले इन्टर पास गरेको ओर्जिनल नै दिनुस्’ भन्दै सर्टिफिकेट लिएर हिँडेका थिए । त्यतिबेला नै वीर बहादुरले सात लाख तिर्नेगरी कुराकानी फाईनल भएको थियो । नभन्दै गएको मंसिर १४ गते विर बहादुरको मोवाईलमा म्यासेज आयो, ‘म डिआईजी कमल सिंह बमको पिए हुँ, तपाईलाई बधाई छ राष्ट्रिय अनुसन्धानको इन्सपेक्टर बन्नुभो, अब महतरा सर सँग भएको सहमती अनुसार काम गरिदीनु होला, (गंगा प्रसाद न्यौपाने, प्रहरी हेडक्वार्टर) ।’ यस्तो म्यासेज आएसँगै विर बहादुरले चार लाख नगद तिनै गंगा प्रसाद न्यौपानेको नाममा रहेको ग्लोवल आइएमई बैंकको खाता नम्बर ०८०७०१०००८९३८ मा जम्मा गरिदिए । तर दुर्भाग्य, उनको जागिर भएन । हप्तौँ कुर्दा पनी सरकारी नियुक्तिपत्र नपाएपछि उनी नाता पर्ने एकजना बहालवाला इन्सपेक्टरलाई भेट्न गए । सिंहदरबारमा रहेका तिनै इन्सपेक्टरले कमलसिंह बमलको मोवाईल नम्बर दिएपछी उनले बल्ल थाहा पाए, ‘मेरो ईन्सपेक्टर बन्ने सपना चकनाचुर भैसकेछ ।’
त्यसपछी तिनै इन्सपेक्टरको सल्लाह अनुसार महानगरीय प्रहरी अपराध महाशाखा पुगेका गुरुङ सहितका ११ युवाहरु शुक्रवार आफुहरु फसेको कथा पालैपालो सुनाउँदै थिए । गृहमन्त्रालयको चलानी सहितको पत्रमा केही युवाहरुको नाम समेत निस्केको भन्दै अन्यलाई पनी छिट्टो सम्पर्कमा आएर पैसा बुझाउन आग्रह गरेका महतरासहितका तिनजना अभियुक्तहरुमाथी अनुसन्धान भैरहेको अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । उनले भने, ‘पक्राउ परेका तिन जना बाहेक अन्यको संलग्नताबारे पनी अनुसन्धान गरिरहेका छौं ।’
गोरखाका युवाहरुलाई विश्वास दिलाउनका लागी महतरासहितका अभियुक्तहरुले सिंहदरवार स्थित राष्ट्रिय अनुसन्धानको अफिसको बाहिर गेटमा बसी सम्पुर्ण कागजात बुझेको प्रहरीले जनाएको छ । राष्ट्रिय अनुसन्धानमा बिस प्रतिशतमा प्रतिस्पर्धा गर्नु नपर्ने सोझै जागीर हुने भन्दै छनौट प्रक्रिया समेत शुरु गरेका ठगहरु मध्ये नेत्र बहादुर शाहीले आफुलाई ‘डिआईजी कमलसिंह बम बोलेको’ भन्दै फोन गर्ने गरेका थिए । विकाश गुरुङ्गले वेरोजगार युवा खोजी गरी सम्पर्कमा ल्याउने र सम्पुर्ण व्यावस्थापन छनौट प्रकृया र कागजात संकलनको काम महतराले गर्ने गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण