सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पोखराको ‘विध्यावासिनी स्टोर’ भित्र बाघ छिर्यो, सशस्त्र वनरक्षक विनोद थापालाई आक्रमण

शुक्रबार, ०८ माघ २०७२, १७ : २०
शुक्रबार, ०८ माघ २०७२

पोखरा–स्थानीय ट्याक्सी चोकस्थित मेरी ‘विध्यावासिनी स्टोर’ भित्र आज अकस्मात दिउँसो बाघ छिरेपछि स्थानीयाबासीलाई सन्त्रस्त बनाएको छ ।

दिउँसो २ः३० बजे अकास्मात् स्टोरभित्र बाघ पसेको स्टोरका चौकीदार कुमार सुनारले जानकारी दिए । जानकारी पाएलगत्तै पुगेको वनरक्षकसहितको टोलीले बाघलाई नियन्त्रणमा लिन खोज्दा सशस्त्र वनरक्षक विनोद थापालाई बाघले आक्रमण गरेको थियो ।

आक्रमणबाट घाइते थापाको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको सहायक वन अधिकृत महाप्रसाद ओझाले जानकारी दिए ।

प्रहरी निरीक्षक मोहनबहादुर खड्काका अनुसार बाघलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ । बाघ छिरेको खबरसँगै पोखराको ट्याक्सी चोक परिसरमा सर्वसाधारणको भीड लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप