रङ्गेली घटनाप्रति आयोगको ध्यानाकर्षण
काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले मोरङको रङ्गेलीलगायत स्थानमा तीन जनाको ज्यान जाने गरी भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै वार्ता र संवादबाट निष्कर्ष निकाल्न सरकारसँग आग्रह गरेको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेकपा (एमाले) को भ्रातृ सङ्गठन युवा सङ्घले रङ्गेलीमा आयोजना गरेको मधेस जनजागरण संवाद कार्यक्रम हुनुअगावै उक्त स्थान बन्दलगायत विभिन्न झडप हुनुमा स्थानीय प्रशासनले सुरक्षा सतर्कता नअपनाउनुलाई कारण मानिएको छ । प्रहरीले चलाएको गोली लागेर रङ्गेली–४, चोपडा टोलकी ६० वर्षीया द्रोपदीदेवी चौधरी, बरडङ्गा–२ का महादेव ऋषिदेव र डायनिया–९ का शिवु माझीको मृत्यु भएको थियो । घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा मृतक परिवारलाई उचित राहत तथा क्षतिपूर्ति एवम् घाइतेको तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउन आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ । आयोगले प्रहरीले चलाएको गोली लागेर सर्वसाधारणको मृत्यु हुनु मानवअधिकारको स्थापित अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत भएकोतर्फ आयोगले सचेत गराउँदै आइरहेको छ ।
शान्तिपूर्वक भेला हुन र सभा, जुलुस गर्न पाउने नागरिकको संविधान प्रदत्त अधिकार संरक्षण गर्न तथा नागरिकको जीवनको अधिकारको रक्षा गर्न आयोग सम्बन्धित निकायलाई पुनः आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण