खुसी फर्कायो फुटबलले : नेपालले चुम्यो बंगबन्धु गोल्डकपको उपाधि
काठमाडौँ – लामो समयदेखी आलोचनाको शिकार भइरहेको नेपाली फुटबल टिमले अन्तत उपाधीको खडेरी चिरेको छ । सन् १९९३ मा दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत स्वर्ण जितेको बंगलादेशको बंगबन्धु रंगशालामा नेपालले २३ वर्षपछि बंगबन्धु गोल्डकप फुटबलको उपाधी जित्यो । उपाधि जित्ने क्रममा नेपालले फाइनलमा बहराइन यु २३ लाई ३–० ले पराजित गर्यो । नेपाललाई उपाधी जिताउने क्रममा फाइनलमा विमल घर्तीमगरले शुरुवाती गोल गरे । विराज महर्जनले दिएको क्रसमा अन्जन विस्टले गरेको हेडलाई बहराईन यू २३ का गोलकिपरले राम्ररी नियन्त्रणमा लिन नसक्दा विमलले चौथो मिनेटमै बललाई गोलपोस्टको जारी चुमाए । खेलको ८७ औं मिनेटमा अन्जन विष्टको पासमा विशाल राईले गोल गर्दै नेपालको जीत सुनिश्चित गरे । इन्जुरी समयमा विमल घर्तीमगरको पासमा नवयुग श्रेष्ठले गोल गर्दा नेपालले ३–० को जीत निकाल्यो ।
यसअघि ५४ औँ मिनेटमा विमलले नै गोलका लागि अर्को अवसर सिर्जना गरेका थिए । तर सेमिफाइनलमा ह्याट्रिक गरेका नवयूग श्रेष्ठ फाइनलमा विमलले सिर्जना गरेको अवसरलाई गोलमा परिणत गर्न असफल भएका थिए । त्यस्तै ५५ औँ मिनेटमा विमल घर्तीमगरले गोलका लागि गरेको प्रहार सफल भएन । ८१ औँ मिनेटमा सुमन लामा रातो कार्ड खादैँ मैदानबाट बाहिरिए । खेलको अन्त्यसम्म बहराइन पनि ९ खेलाडीमा सिमित बनेको थियो । लामो असफलतापछिको सफलता सन् २०११ र सन् २०१३ को साफ च्याम्पियनसिपमा सेमिफाइनल पुगेर पनि पराजित भएको नेपाली टोलीले त्यसपछि कहिल्यै राम्रो खेल्न सकेन । सन् २०१३ मा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपमा अफगानिस्तानसँग पराजित हुनअघि नेपालले भारतलाई ३–१ ले हराएको थियो । तर त्यसपछि नेपालले कुनै पनि खेल जित्न एकैपटक यही प्रतियोगिता कुर्नुपर्यो । कप्तान सागर थापासहित सन्दीप राई र रितेश थापाजस्ता टोलीका नियमित खेलाडी म्याचफिंक्सिग प्रकरणमा परेपछि नेपाली फुटबलमा संकट गहिरिएको थियो । भारतमा महिना दिनअघि सम्पन्न साफ च्याम्पियनसिपमा श्रीलंका र भारतसँग पराजित हुदैँ नेपाल समूह चरणबाटै बाहिरियो । नेपालको हारसँगै डच प्रशिक्षक असेम्सले समेत राजीनामा गरे । त्यसपछि बालगोपाल महर्जनको प्रशिक्षणमा नेपाल यस प्रतियोगिता खेल्न गएको थियो । नेपालको लक्ष्य केवल सेमिफाइनल थियो । नेपालले समूह चरणमा मलेसियाको फाल्डा युनाइटेड र बंगलादेशसँग बराबरी खेल्यो भने श्रीलंकालाई एक शुन्यले हरायो । सेमिफाइनलमा नवयूग श्रेष्ठ चम्कदा नेपालले माल्दिभ्सलाई चार एकले हराएको थियो ।
जीतले लैजाला नयाँ युगमा नेपाली फुटबल पछिल्लो समय मौलाएको संस्थागत भ्रस्टाचार र राजनीतिका कारण संकटमा छ । पूर्व अध्यक्ष गणेश थापा भ्रस्टाचारका कारण फिफाको १० वर्षे प्रतिबन्धमा छन् । एन्फामा नेतृत्व लिनका लागि राजनैतीक व्यक्तिहरुको समेत होडबाजी चलिरहेका बेला फुटबल मैदानभित्र खेलाडीहरुले हात पारेको जीतलाई महत्वपूर्ण रुपमा लिइएको छ । यसअघि प्रशिक्षक बालगोपाल महर्जनले भनेका थिए ः फुटबललाई सरकारले हेर्ने दृष्टीकोणमा यो जीतले फरक पार्नेछ । त्यसैले उपाधी हाम्रा लागि महत्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण